अछाम – लोकतान्त्रिक बाम गठबन्धनको चुनावी आमसभा तुर्माखाद गाउँपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाह,प्रदेश सभा (क) प्रदेश सभा सदस्य का उम्मेदवार अक्कल रावल , प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार धनबहादुर बुढा , मोतीकला चलाउने केशरी रेग्मीको उपस्तिथि रहेको थियो ।
चुनावी सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सरद सिंह भण्डारीले जनता माझ सधैं झुटको खेती गर्ने काम एमालेले गर्ने गरेकोले त्यस्ता झुटा र भ्रम आश्वासनमा नपरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लाई जिताउन अपिल गरे । त्यस्तै उनले केपी वलिले मुलुकमा एकतन्त्रीय शासनको अभ्यास गर्न थालेपछि वलिको घमण्ड लाई तोड्न बाम र लोकतान्त्रिक दल हरु एक ठाउँमा उभिएर संविधान लाई बचाएको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प बहादुर शाहले अछामको बिकास लोकतान्त्रिक बाम गठबन्धन बाट मात्रै सम्भव रहेको बताए । अछाम २ नम्बर क्षेत्रको विकास र समृद्धिको नेतृत्व लोकतान्त्रिक बाम गठबन्धनले गर्ने भएकोले उक्त जिम्मेवारी क्षेत्र नम्बर २ का जनताले दिनेमा आफु बिश्वस्त रहेको बताए ।
जङ्गलघाट चिसापानी सडक खण्डलाई पहिलो प्राथमिकतामा राखेर विकासको सामुहिक मुद्दा बनाएर लैजाने बताए । केपी वलिको दम्भ र अहंकारले संविधान र लोकतन्त्र जोखिममा रहेको अवस्थामा अहिलेको लोकतान्त्रिक बाम गठबन्धनले उक्त लोकतन्त्र र संविधानलाई जोगाएको बताए । अछामको समग्र विकास निर्माणका लागी गठबन्धनको सामुहिक एजेन्डा बन्ने बताए ।
चुनावको मुखैमा नेकपा एमालेले गाउँ गाउँमा गएर सोझा जनता हरुलाइ विभिन्न किसिमका झुटा भ्रमित आश्वासनमा पारी मत बटुल्ने काम गरेको बताए । कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सैना राप्तीले केपि वलिले जनताले दिएको मतको कदर नगरी उल्टै अवमूल्यन गरि देशको राष्ट्रियता माथी प्रहार गरि तहसनहस गर्न खोजेकोले केपी वलि प्रवृत्तिका विरुद्ध गठनबन्धन सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस सुदुर पश्चिम प्रदेशका सहमहामन्त्री अम्बिका चलाउनेले संविधान र लोकतन्त्रको रक्षाका निम्ति लोकतान्त्रिक बाम गठबन्धन भएको बताउदै । नेपालको हरेक परिवर्तनहरु नेपाली काङ्ग्रेसकै नेतृत्वमा भएको बताए । गठबन्धनले जिते मात्रै मुलुकमा संघियता जोगिने बताए ।
जीत निश्चित भएकोले ढुक्कका साथ गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन सक्रिय रूपमा लाग्न आग्रह पनि गरे । कबिराम बयकको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कुलबहादुर शाहीले गरेका थिए । उक्त कार्यक्रमको संचालन भिम जैसिले गरेका थिए । कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।