काठमाडौं – नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल अछाम पुगेका छन्। उनी आज बिहीवार गृहजिल्ला अछाम पुगेका हुन्। उनले अछाममा नेता तथा कार्यकर्तासंग भेटघाट गरिरहेका छन्। टिकट नपाएपछि एमालेमा निष्क्रिय रहेका रावल पछिल्लो समय केपी शर्मा ओलीको आलोचकका रुपमा चिनिन्छन।
Author: Saru Shrestha
काठमाडौँ – नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ एनआरएनए र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गरेका छन् । आज यी दुवै संस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै भएको भेटमा उनले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न आग्रह गरेका हुन् । मन्त्री लिङ्देनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य साथ योगदान पु¥याउन पनि दुवै संस्थाका प्रतिनिधिसँग आग्रह गरे । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बधाई तथा शुभकामना दिन आज सो मन्त्रालयलमा पुगेका दुई छुट्टाछुट्टै प्रतिनिधिमण्डलसँग मन्त्री…
काठमाडौं । सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रीहरूले सात दिनभित्र आ-आफ्नो क्षेत्रको कार्ययोजना पेश गर्नुपर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीतिगत प्राथमिकता प्रभावकारी कार्यान्वयन गर्न मन्त्रिपरिषद् बैठकले नै निर्णय गर्नुपरेको सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । ‘सरकारको नीतिगत प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रम हो । ती कार्यक्रम कार्यान्वयनमा लैजाने भनेर यसअघिकै मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ’, मन्त्री पौडेलले भने, ‘उक्त नीतिगत प्राथमिकता र कार्यक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसँग सम्बन्धित आवश्यक कार्ययोजना निर्माण गर्न सात दिनको समय प्रदान गरिएको छ ।’ उनले सबै सम्बन्धित मन्त्रालयहरुले कार्ययोजना बनाएर मन्त्रिपरिरषद्मा प्रस्तुत गर्ने…
धनुषा-मधेस प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
सुर्खेत – चुनावको मुखैमा कर्णालीमा हेलिकोप्टर आएका माओवादी अध्यक्ष प्रचण्डले जुम्ला, कालिकोट र हुम्ला गएर संघीय सरकारको मन्त्री बनाउने सपना बाँडे । उनले भनेका थिए, ‘जितेर आउनु, मन्त्री बनाउने मेरो जिम्मेवारी ? ’ चुनाव सकियो, विभिन्न राजनीतिक उथल पुथलका बीचमा गठबन्धन भत्कियो, नयाँ समिकरणसहित प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुगे । तर प्रचण्डले कर्णालीमा आएर बोलेको कुरा उनको मन्त्री मण्डलमा कर्णाली हरायो । सबैलाई लागेको थियो, जाजरकोटका शक्ति बस्नेत, कालिकोटका महेन्द्रबहादुर शाही, हुम्लाको कार्चेन लामा मध्य एक संघीय सरकारका मन्त्री बन्ने छन् । तर जव २३ सदस्यीय मन्त्री मण्डलमा कर्णालीको नाम निसानै हराउने गरी एक जना राज्यमन्त्रीसम्म नपर्दा धेरैले सामाजिक सञ्जालमा प्रचण्ड…
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न राजदूत चेन ओलीनिवास बालकोट पुगेका थिए । भेटवार्ताका क्रममा नेपाल र चीनबीच कायम सम्बन्ध र द्विपक्षीय हितबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ । नेपालमा सरकार परिवर्तन भएपछि काठमाडौँ आएका राजदूत चेनले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्र पार्दै लगेका छन् ।
जनकपुरधाम – सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा ना५ख ६७२ नम्बरको यात्रु वहक बसको ठक्करबाट करिब ६५ वर्षीय साइकलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बसको ठक्करबाट स्थानीय राजेन्द्र बिस्वासको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो । शव पोष्ट मार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा अब आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति चयन हुने जिकिर गरेका छन् । बुधबार नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग शर्माले परिस्थितिमा बदलाव आइसकेको बताए । “अहिले धेरै टिप्पणी गर्न जरुरी छैन । किनभने, अहिले सभामुखको निर्वाचनको समय हो । त्यसपछि राष्ट्रपतिको विषयमा कुरा हुनेछ,” उनले भने, “फरक ढंगले हामी गइरहेका छौँ । केही समयपछि शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुनेछ ।”
काठमाडौं – पछिल्लो ६ महिनामा १७ अर्ब ३० करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म उक्त विदेशी लगानी प्रस्ताव आएको हो । गत वर्ष यस्तो प्रस्ताव ३० अर्ब ५६ करोड रुपैयाँ प्रस्ताव आएको थियो।विभागका अनुसार विदेशी लगानी स्वीकृति गर्दा सात हजार ८४१ जनालाई रोजगारी प्रस्तावित गरिएको छ । पछिल्लो ६ महिनामा विदेशी लगानी गर्न ठूला साना १३१ उद्योगमा प्रस्ताव आएको हो । ठूला उद्योगमा दुईवटा प्रस्ताव आएको छ भने मझौला उद्योगमा १९ वटा प्रस्ताव र साना उद्योगमा ११० वटा प्रस्ताव आएको विभागले जनाएको छ । विभागका अनुसार स्वदेशी र विदेशी गरी…
काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् । राष्ट्रपतिमा उनको नामको नाम चर्चा भइरहेका बेला डा. रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको र आफू सधैँ आँखाको उपचार सेवामा लागिरहने बताए । तिलगंगा आँखा प्रतिष्ठानमा आज आयेजित पत्रकार सम्मेलनमा डा. रुइतले भने, “राष्ट्रपति पद मेरा लागि बनेको होइन । मेरो आफ्नै एक्सपर्टिज छ । नेत्र उपचार सेवामा मेरो दायित्व अझै धेरै छ । म यहाँहरूलाई प्रष्ट पार्न चाहान्छु कि मलाई यसमा कुनै रुची छैन ।”