काठमाडौं – सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ । महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।
Author: Saru Shrestha
काठामाडौं – महाकाली नदीका किनारामा पुजा आजा गर्ने क्रममा पुजा गराउने ब्राह्मण र पूजा गराई दिन आग्रह गर्ने महिलाका विचमा उत्पन्न भएको विवादमा मेलमिलापको लागि आग्रह गरिएको छ । जिल्ला सम्मन्वय समिति कञ्चन्पुरका प्रमुख दुर्गा दत्त बोहराको अध्यक्षतामा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले उक्त विवादले समाजमा जातिय विभाजन ल्याउने र आगामी दिनमा शान्ति सुरक्षा समेत खल्वलिन सक्ने सम्भावना भएकोले मुद्धाका दुवै पक्षलाई संयमीत भई सामाजिक सद्भाव नखल्बल्याउन मेल मिलापकै माध्यमद्वारा समस्याको निराकरण गर्न आग्रह गरिएको हो । उक्त समस्या समाधानका लागि पहल जिल्ला स्थित नागरिक समाज, पत्रकार, बुद्धिजीवि, व्यापारी लगायत सबै वर्गलाई उक्त समस्या समाधान गर्न पहलका लागि अनुरोध गर्ने निर्णय…
काठमाडौं – नेकपा माओवादी केन्द्र बझाङ प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ। एक निर्वाचन क्षेत्र रहेको बझाङमा माओवादी केन्द्रले संघीय सांसदका लागि धर्मराज विकको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ देवराज रेग्मी, देवकी मल्ल थापा, धर्मराज विक, लोकेन्द्र सिंह धामी (पिछडिएको खस आर्य), सूर्यकला थापा, कृष्णकुमार सिंह र जगत तामाङ सिफारिस भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस भएको छ। देवराज रेग्मी, जनकबहादुर बुढा र मीनबहादुर कुँवर प्रदेशसभाका लागि प्रत्यक्षतर्फ सिफारिस भएका हुन्। प्रदेशसभा (क) मा समानुपातिकतर्फ दश जनाभन्दा बढी आकांक्षी देखिएका छन्। समानुपातिकतर्फ कविता विस्त, कमला कुँवर, कुन्ती चौहान, जयन्ती जोशी, तुलसी मल्ल, धुम्रा…
जनकपुरधाम – बलात्कार प्रयासको आरोप लागेका सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनी शुक्रबार आफैं इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् । उपमेयर महतोले कार्यकक्षमा बोलाएर जागिर लगाइदिने लोभ देखाई बलात्कारको प्रयास गरेको भन्दै एक महिलाले ४ साउनमा प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दर्तापछि उपमेयर सम्पर्क बिहीन भएका थिए । सिरहा प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक रामचन्द्र साहले उपमेयर महतो इलाका प्रहरी कार्यालयमा हाजिर भएको जानकारी दिए । हाजिर भएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहले बताए ।
काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन्। । नेकपा (माओवादी केन्द्र)ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो। पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ। खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको हो । त्यस्तै प्रदेशसभा क र ख दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ तीन/तीन जना सिफारिस भएका छन्। प्रदेशसभा क का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस भएका छन् भने ख का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस भएका…
ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताएकी छन् । ललितपुर महानगर-२२, महर्जन समाजको २५औँ वार्षिक साधारणसभा आज उद्घाटन गर्दै उनले भनिन्, ‘जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।’ आफूले बुङ्मतीका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल गरेको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन् । नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उनले आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने…
महोत्तरी – महोत्तरीको क्षेत्र नम्बर १ मा चुनावी समीकरण निक्कै पेचिलो बन्दै गएको छ । सबै दलहरूले लोकप्रिय युवालाई चुनावी मैदानमा अगाडि सारेपछि निर्वाचनको माहौल निक्कै उल्लासमय बनेको हो । दलहरूले सामाजिकरुपमा ख्याति कमाएका युवा उम्मेदवारलाई सिफारिस गरेपछि चिया पसल र चौतारीमा सर्वसाधारणका आफ्नै आकलन बनेका छन् । नेकपा एमालेले यस क्षेत्रबाट प्रतिनिधिसभाको लागि कुमार भण्डारी, देवेन्द्र गौतम र सङ्कर महतोलाई अगाडी सारेको छ भने माओवादी केन्द्रले गिरिराजमणि पोखरेल, राजु खडका, भरत साह, प्रकाशहरि पोखरेललाई अगाडि सारेको छ । त्यस्तै जसपाले लक्ष्मी महतो, नेपाली कांग्रेसले कल्याण गुरुङ, सिताराम भण्डारीलाई अगाडि सारेको छ । तर, चर्चा भने प्रदेशसभाको लागि सिफारिस बनेका…
काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन विधायन समितिमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेस गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विधायन समितिमा पेस गर्ने निर्णय गरेको हो । चार महिनादेखि अट्किएको उक्त विधेयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।
काठमाडौँ – जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए । गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित…
दार्चुला – जिल्लामा हाल सम्म ७ हजार ६१७ हेक्टर क्षेत्रफलमा सिचाइ सुविधा पुगेको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका विभिन्न क्षेत्रगरी जिल्लाभरी हाल सम्म उक्त हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । सिँचाई योजना अन्तरर्गत जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा एक वर्षको अवधिमा २७ वटा योजना मार्फत खेतियोग्य जमिनमा बाह्रैमास सिँचाइ सुविधा पु¥याइएको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले बताए । कार्यालयले गत वर्ष अन्य प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, बल्क विकास कार्यक्रम तथा मुख्यमन्त्री एकृकित कार्यक्रम, अन्तरर्गत जिल्लामा सिचाइ सुविधा पुगाएको उनले…