Author: Saru Shrestha

काठमाडौँ – संसदमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ पेस भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा नियमावली मस्यौदा समितिका अध्यक्ष चित्रबहादुर केसीले सो प्रतिवेदन पेस गरेका हुन् । प्रतिनिधि सभाले बैठकको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि २१ सदस्य रहेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । समितिलाई १५ दिनको समयावधि तोकिएको थियो । समितिले गत माघ ११ गते नियमावली मस्यौदालाई अगाडि बढाउने सम्बन्धमा अन्तरसंवाद गरेको थियो । समितिको पहिलो बैठक माघ १३ गते बसेको थियो । समितिमा सांसद अनिता देवी, अमरेशकुमार सिंह, गङ्गाधर चौधरी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक,…

Read More

बझाङ -सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन् । मंसिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट हुने भन्दै चिन्ता व्यक्त गर्छन् । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । खेतबारी नै हरियाली हुन्थ्यो । बुढा भन्छन्, ‘यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गहरा गहुँमय हुन्थे । तोरी पनि रहरलाग्दो हुन्थ्यो । अइलका वर्ष भन्या दशा लाग्या (यस वर्ष भने खराब समय भयो) ।’ सुर्मामा एक पटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो । ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेसाहा (खाद्यान्न) गर्नुपर्दैथ्यो । यस…

Read More

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ पिपलतोलामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्। बुधबार दिउँसो छविसपाथिभेरा गाउँपालिकाको केन्द्रबाट छविसपाथिभेरा गाउँपालिकाको भाडेबजारतिर आइरहेको से १ ज ११२० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए। दुर्घटनामा घाइते हुनेमा सुर्मा गाउँपालिका–५ की ६० वर्षीया फुलू बोहरा, सोही ठाउँका २३ वर्षीय मधुराज जेठारा, ५० वर्षीया देवी बोहरा र छविसपाथिभेरा गाउँपालिका–३ की २० वर्षीया गंगा भट्ट रहेका छन्। घाइते फुलू बोहराको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि धनगढी रिफर गरिएको छ। अन्य ३ जनाको अवस्था भने सामान्य रहेको र…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बुधबार साँझ उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि भारतीय राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन् । राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको बारेमा चासो राखेको बालुवाटार स्रोतले जनाएको छ । जवाफमा प्रचण्डले राजनीतिक दलहरूबीच सहमतिको प्रयास भइरहेको राजदूत श्रीवास्तवलाई बताएका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ । चिनियाँ राजदूत छन् सोङले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

Read More

काठमाडौँ – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामाथि कडा एक्सन लिएको छ । केन्द्रीय बैंकले लघुवित्तहरुले लाभांशमा अंकुश लगाउँदै १५ प्रतिशतको सीमा तोकेको हो ।  बुधबार लघुवित्त संस्थाको लागि जारी एकीकृत निर्देशन, २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले लाभांश (बोनस तथा नगद) को सीमा १५ प्रतिशत तोकेको हो । यद्यपि, १५ प्रतिशतमाथि लाभांश बाँड्न चाहने संस्थाहरूले भने सोमाथिको लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसले लघुवित्तहरूमाथि लाभांशमा सङ्कुचन ल्याउने देखिन्छ । यसअघि २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा उक्त व्यवस्था थियो । साथै, केन्द्रीय बैंकले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद…

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । दलहरु त्यसअघि नै सहमति गर्ने गरी छलफलको दौडधुपमा छन् । देउवाले बालुवाटार जानुअघि आफ्नै निवासमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरेका थिए । कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफूले उठाउने उम्मेदवारका लागि सहमति जुटाउन प्रयास गरिरहेको छ ।

Read More

अछाम – अछाममा बेपत्ता रहेका शिक्षक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर १३ बस्ती स्थित शिव आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षका जगत साउँद मृत भेटिएका हुन् । गत माघ २ गतेदेखि बेपत्ता साउँद गाउँ नजिकैको बुढाखोलामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मानसिक सन्तुलन ठिक नभएका शिक्षक माघ २ गते साँझ घरबाट निस्केका र त्यसपछि बेपत्ता रहेका उहाँका भाइ आनन्द साउँदले बताउनु भयो । उहाँको खोजीका लागि स्थानीय, जनप्रतिनिधि, प्रहरी सहितको टोलीले अछाम, डोटी तथा सुर्खेतका विभिन्न स्थानमा खोजी कार्य गरेको थियो । रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेका साउँदले बताए ।

Read More

चन्द्रौटा – शिवराज नगरपालिका वडा नं १० शितलापुर बस्ने वर्ष ६४ को मगरे पासीको हत्यामा संलग्न रहेको आरोपमा मृतकको छोरा मग्निराम पासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पासी बुधबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि प्रहरी घटनास्थलमा पुग्दा शंकास्पद देखेपछि अनुसन्धान सुरु गरेको र हत्यामा संलग्न मृतकको छोरा वर्ष ३० को मग्निराम पासी र बुहारी वर्ष २६ की मिमा पासीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिलजगं शाहीले जानकारी दिए। मंगलबार बिहान ११ बजे खाना खान घरमा आएका वेला बुबा र पत्नी दुवैलाई नग्न अवस्थामा देखेपछि बाबुको हत्या गरेको र सोही दिन राति ११ बजे डोरीमा बांधी झुण्ड्याएको हुन सक्ने…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए । उनले भने, ‘राष्ट्रिय सहमति जहाँनिर जुट्छ, त्यहीँनिर गरौँ भनेको हो । तर दलभन्दा बाहिर नजाऔँ अहिले । स्पष्ट कुरा यो हो । राष्ट्रिय सहमति आजको आवश्यकता हो । पुस १० गतेदेखि आजसम्म घटनाक्रममा तलमाथि परेको छ, सरकारलाई समर्थनसहित विपक्षमा बसेको एउटा अवस्था । सरकारमा सहभागी भएका पार्टीहरु सरकार बाहिर बसेर समर्थन मात्र गरेको अवस्था ।’ उनले राजनीतिक दलभन्दा बाहिर…

Read More

काठमाडौँ – सम्पत्ति सुदृढीकरण (मनि लाउण्डरिङ) निवारण, व्यावसायिक तथा वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूका लागि ७२ घण्टाको समय दिइएको छ । विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नका जवाफ दिँदै मन्त्री प्रधानले २७५ जना सांसदको आँखा छलेर विधेयकमा अन्यथा होला भनेर सोच्न आवश्यक नरहेको बताए । उनले विधेयक ल्याउनुको आशय सकारात्मक रहेको बताउँदै पहिलेको संसदले अघि बढाएको विधेयक फेरि ल्याइएको स्मरण गराएका थिए । मुलुकको अवस्था अनुसार सो…

Read More