काठमाडौं – अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मोहनप्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २७२औं बैठकले नेपाल विद्युत् प्राधिकरणका ११औं तह (निर्देशक)का गौतमलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । अपर तामाकोशी हाइड्रोपावर स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न संस्थापना भएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ । नवनियुक्त सिईओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माणलाई तिब्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरुलाई फरफारक…
Author: Saru Shrestha
काठमाडौँ – सरकारले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अङ्क लेख्न मिल्ने व्यवस्था मात्र थियो । त्यसलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची-२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ । मङ्गलवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुवै भाषामा लेख्न सकिने कानुनी व्यवस्था गरेका हौँ।’
महेन्द्रनगर – कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले दुर्घटनामा परी बेल्डाडी गाउँपालिका–४ का अमरबहादुर ठकुरीका अन्दाजी आठ/नौ वर्षीय छोरा इस्बन्धन ठकुरीको मृत्यु भएको बताए । दुर्घटनामा परी मोटरसाइकल चालक टेकेन्द्रप्रसाद भट्ट र बाह्र वर्षीय अर्चना जोशी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी बालिकालाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको प्रहरीले जनाएको छ ।
कैलाली – सुदूरपश्चिम प्रदेशमा सोमबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीन सय ७४ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा तीन जना र २८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा चारै जना कैलाली जिल्लाका रहेको जनाएको छ।
काठमाडौँ – गृहमन्त्री र गृह सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार (आज) बसेको बैठकले उक्त प्रावधान खारेज गरेको हो । गृहमन्त्री र गृह सचिवले विगत ३२ वर्षदेखि आफू खुसी गर्दै आएको उक्त खर्च आजको मन्त्रीपरिषद् बैठकले खारेज गर्ने निर्णय गरेको हो । पछिल्लो ३२ वर्षमा उक्त शीर्षकमा मन्त्री र सचिवले २४ करोड ५० लाखभन्दा धेरै रकम बुझेको देखिन्छ । नवनियुक्त गृह मन्त्री नारायणकाजी श्रेष्ठले उक्त परिचालनको खर्च खारेज गर्ने प्रस्तावमा हस्ताक्षर गरेका थिए । सोही प्रस्ताव सोमबारको मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गरेको हो । २०४७ जेठदेखि गृहमन्त्री र सचिवले खर्च फाँटवारी…
काठमाडौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले परिषद्का अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह, नासु उषा मिश्रा, लेखापाल उत्तमराज शर्मा ढकाल र कार्यकारी निर्देशक राजेशकुमार साहलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल एवं न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले फैसला गरेको हो। विभिन्न परियोजनाको ठेक्का लगाउने क्रममा अनियमितता भएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनालाई विपक्षी बनाउँदै १५ कार्तिक २०७५ मा मुद्दा दायर गरेको थियो । त्यसमध्ये ५ जनाले भने सफाइ पाएका छन् ।
काठमाडौँ – लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आन्तरिक प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उत्तीर्ण नेपाल लेखा परीक्षण, नेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा र नेपाल न्याय सेवातर्फ सहसचिवको नतिजा प्रकाशित गरेको हो । नतिजाअनुसार प्रशासनतर्फ खुल्लामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत उपसचिव अर्जुन भण्डारी र भरत खनाल रहेका छन् भने आजतर्फ कुमानसिंह गुरुङ तथा परराष्ट्र सेवातर्फ सुरेन्द्र थापा र न्यायतर्फ पूजा खत्रीलाई स्थानीय नियुक्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरिएको छ ।
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।
धनगढी – बैतडीमा भएको जिप दुर्घटनाका घाइतेको संख्या १४ पुगेको छ। गणमेश्वरबाट देहीमाडौंतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ तिलकपुर भीटा भन्ने स्थानमा दुर्घटनामा परेको थियो। दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-५ का ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको थियो। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार घाइते हुनेहरूमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडीका ६९ वर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर गाउँपालिका-५ मस्नेटाकी ३३ वर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ वर्षीय गोकुलदत्त भट्ट, ३३ वर्षीय रामप्रसाद भट्ट, ६२ वर्षीया जसुदेवी भट्ट, ४ वर्षीय मोहित भट्ट, ३५ वर्षीया मीना भट्ट, ३३ वर्षीय राजेन्द्र भट्ट, २८ वर्षीया तुलसी भट्ट, २३…
धनगढी- कैलालीमा सिँचाई नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटाका नागमलनाथ योगीको छोरी सिँचाई नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। १४ वर्षीया सिर्जना नाथ योगीको रानी–जमरा–कुलरिया सिँचाई नहरमा पौडी खेल्नेक्रमा मृत्यु भएको प्रहरीले बताएको छ। आइतबार दिउँसो उनको मृत्यु भएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।