Author: Saru Shrestha

काठमाडौं – नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । २८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका बसन्त कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आईजीपी कुँवरलाई प्रधानमन्त्रीले बधाई दिएका थिए। उनले कार्यकाल सफलताको शुभकामनासमेत दिएका थिए। आज बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी प्रमुखको जिम्मेवारी सुम्पेको थियो। धिरजप्रताप सिंहले आजबाटै अवकास पाउने भएपछि सरकारले कुँवरलाई नयाँ आईजीपीमा नियुक्त गरेको हो।

Read More

काठमाडौं – नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशन तयारी पूरा भएको छ । महाधिवेशन १७ र १८ चैतमा काठमाडौंमा हुँदै छ । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व लिन वरिष्ठतम् उपाध्यक्ष अम्बादत्त भट्ट अग्रसर भएका छन् ।  संगठनको करिब ७ वर्षपछि हुन लागेको महाधिवेशनमा दुई कार्यकाल उपाध्यक्ष भइसकेका भट्ट अध्यक्षको एकल दाबेदारका रूपमा देखिएका छन् । यद्यपि, महाधिवेशनमा प्रतिस्पर्धा हुने कि सर्वसम्मत नेतृत्व चयन हुने टुंगो लागिसकेको छैन । बैतडी घर भई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्टले नेतृत्वमा आफ्नो स्वभाविक दाबी रहेको बताए । भट्ट २०६९ देखि संगठनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन् । ‘व्यक्तिगत दुई कार्यकालदेखि उपाध्यक्ष छु, यसपालि नेतृत्व…

Read More

हेटौंडा – बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ४ मन्त्रीले राजीनामा दिएका छन् । सरकारमा सहभागी एमालेका ४ मन्त्रीहरुले प्रदेशसभा सचिवालय हेटौंडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् । शुक्रबारको बसेको प्रदेशसभाको बैठकमा सरकारको समर्थन र राजीनामा घोषणा गरेको एमालेले प्रदेशसभा बैठक सञ्चालन कै क्रममा मुख्यमन्त्री जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् । एमाले गत पुस २६ गते एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो । नेता थपलियाले शुक्रबारको प्रदेशसभाबाट बोल्दै गरेर सरकारबाट बाहिरिएको र सशक्त प्रतिपक्षको भूमिकामा रहने घोषणा गरेका थिए । नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए भने…

Read More

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली दूतावासमा बिहीबार प्रवासी नेपालीसँगको भेटवार्ताका क्रममा उनले यो जानकारी दिएकी हुन्। मन्त्री शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारतलाई दिएकी छन्। उनले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटनका क्रममा प्राविधिक विषयवस्तुमा धेरै छलफल भएको बताइन्। उनले भारतसँगको छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाकाहरुमा पनि सहज हुने गरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताइन्। मन्त्री शर्माले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र…

Read More

पाँचथर – फिदिम नगरपालिकामा कार्यरत एक जना अधिकृत मृत भेटिएका छन् । उक्त नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका हुन् । उनको ह्रदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ । बिहीबार करिब साढे १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएपछि खोज्न जाँदा उनलाई नगरपालिकाका कर्मचारीले मृत फेला पारेका हुन् । श्रेष्ठले नगरपालिकाको स्वास्थ्य शाखाको सह-संयोजकको जिम्मेवारी सम्हालेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Read More

धनगढीः कैलाली बहुमुुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका यमराज जोशी विजयी भएका छन् । प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका हरिश खत्रीलाई पराजीत गर्दै जोशी विजयी भएको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जानकारी दिए। ७ सय २२ मतसहित जोशी विजयी हुँदा उनका प्रतिद्धन्द्धी खत्रीले ७०५ मत प्राप्त गरेका छन् । यस्तै सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन् । प्रतिद्धन्द्धी अनेरास्ववियुका रमेश बोहरालाई पराजीत गर्दै पन्त विजयी भएका हुुन् । बोहराले ५८३ मत ल्याए । कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन् । प्रतिद्धन्द्धी अखिल क्रान्तिकारी दिनेशराज जोशीलाई पराजीत गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा…

Read More

धनगढी – त्रिनगर ट्राफिक प्रहरी पोस्टको राजस्व सङ्कलनमा वृद्धि भएको छ । धनगढीमा रहेको उक्त पोस्टमा माघ र फागुन महिनामा मात्रै २ लाख ९० हजार बराबरको राजस्व सङ्कलन भएको हो । पोस्टमा कार्तिक महिनामा ९३ सानाठूला सवारीसाधन कारबाही गरि ५३ हजार, मंसिरमा ६८ सानाठूला सवारीसाधन कारबाही गरि ३४ हजार र पुसमा ८० सानाठूला सवारीसाधन कारबाही गरि४३ हजार गरि २०७९ कार्तिक, मंसिर र पुसमा जम्मा १ लाख ३० हजार राजस्व संकलन गरिएकोमा २०७९ माघमा ३१९ र फागुनमा १९७ सानाठूला सवारीसाधन कारबाही गरि २ लाख ९० हजार राजस्व सङ्कलन गरिएको प्रहरी नायव निरीक्षक नरिभानसिंह साउँदले बताए ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका हुन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरूसँग अनौपचारिक छलफल राखेका छन् ।

Read More

कैलाली- धनगढीका पत्रकार टेकसिंह धामीलाई ओमप्रकाश अवस्थीले धम्की दिएका छन्। पत्रकार धामीलाई आफू नेवि सङ्घको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन्। धामी सम्पादक रहेको महेन्द्रनगर पोस्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शीर्षकको समाचारको विषयलाई लिएर धामीलाई धम्की आएको हो । ‘नेवि सङ्घको स्वतन्त्र उम्मेदवारलाई दबाब दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु। अब हिसाबकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउँदै भनेका थिए । पत्रकार धामीलाई धम्की दिने अवस्थीलाई कारबाही गर्न पत्रकार महासङ्घ कैलालीले दबाब दिएको छ । आज जिल्ला प्रहरी कार्यालय कैलालीमा अवस्थी विरुद्ध उजुरी दर्ता गर्दै पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमालय जोशीले…

Read More