काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति काँग्रेसकै उम्मेदवारले जित्ने दाबी गरेका छन् । नेपाली काँग्रेस सिन्धुली क्षेत्र नम्बर ’ख’ को प्रदेश १ ले आयोजना गरेको सहिदको सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा आफू विश्वस्त नभएको बताउँदै काँग्रेसले राष्ट्रपति लिएरै छाड्ने बताए । उनले भने, ‘राष्ट्रपति पाउने होइन लिने हो, लिएर जितेर देखाउने हो । राष्ट्रपति काँग्रेसको उम्मेदवार हुन्छ र काँग्रेसको उम्मेदवारलाई जिताउँछौ भन्ने विश्वास दिलाउन चाहन्छु, उनले थपे, ‘राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवार हुन्छ र नेपाली काँग्रेसले जित्छ ।’ नेपाली काँग्रेसमा विचार र सिद्धान्तलाई पन्छाएर जाने समस्या आएको भन्दै उनले…
Author: Saru Shrestha
बैतडी – बैतडीको सिगास गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाले सेवाबाट अवकास पाएका छन् । अवकासपछि गाउँपालिकाले ओझालाई सम्मान कार्यक्रम आयोजना विदाई गरेका छन् । ओझाको विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिसिंह धामी, सुदूरप्रदेश सभा सदस्य जानकी वम ऐरले उनलाई माला र टिका लगाएर सम्मानकासाथ विदाई गरेका थिए ।
काठमाडौँ – अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ । रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि…
काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालमा नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ४ जनामध्ये ३ जनाले दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयको फागुन ४ गतेको निर्णयले बढुवा भएका ४ मध्ये ३ डीआईजीले सोमबार दर्ज्यानी चिह्न लगाएका हुन्। सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। दर्ज्यानी चिह्न प्राप्त गर्ने डीआईजीहरूमा अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन्। बढुवा भएका अर्का डीआईजी सुरेशकुमार श्रेष्ठले भने देशबाहिर रहेकाले दर्ज्यानी चिह्न लगाउन पाएनन्। उनी संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी)कोअर्डिनेटरको रूपमा दक्षिण सुडानमा छन्। उनले बिदामा आएर दर्ज्यानी…
काठमाडौँ – नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ । ‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलाई बैठकले दिएको छ,’ उनले भने ।
काठमाडौँ – काठमाडौँको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ। बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको एक सदस्यले बताए। प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्ट र थप मद्दतका लागि पुगेका प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो। फागुन १ गते भएको आन्दोलनमा प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी…
काठमाडौँ – ट्राफिक प्रहरीले साउनयता नियम उल्लङ्घन गर्ने ४ हजार ३ सय ९४ जना चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले सीसी टिभीको सहयोगबाट नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गरेको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेको सीसीटीभि कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा ३ हजार २९२ जना र ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका १ हजार २२ जना गरी ४ हजार ३ सय १४ जना चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार साउनमा ३४१, भदौंमा ६८०, असोजमा ४८२, कार्तिकमा ३६६,मंसिरमा ६६२, पुसमा ९२५, माघमा ८१४ र फागुनमा ४४ जना चालकलाई कारबाही गरिएको हो…
काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपतिको विषयमा आक्रोशित रूपमा प्रस्तुत भएका छन्। सोमबार पदाधिकारी बैठक अगाडि पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव गुरुङले दलको व्यक्ति राष्ट्रपति बन्न नसक्ने भन्दै आक्रोश व्यक्त गरेका हुन्। ‘पार्टी विशेषलाई राष्ट्रपति भन्ने हुन्छ कतै?संविधानमा त्यस्तो भावना छ? संविधानमा हुँदै नभएको कुरा गर्ने?,’ उनले भने, ‘कुनै दलले प्रस्ताव राख्न पाउँदैन भन्ने हुन्छ? प्रस्ताव राख्ने एउटा पाटो भो। दल विशेषलाई बनाउने अर्को कुरा हो? संविधानमा दल विशेषलाई बनाउने परिकल्पना छ? संविधानको भावनाअनुसार जानुपर्छ।’ महासचिव गुरुङले राजनीतिक दलको उम्मेदवार राष्ट्रपति बनाउने व्यवस्था नभएको उल्लेख गर्दै संविधानमा दलको राष्ट्रपति बनाउने व्यवस्था कहाँ छ? हावादारी कुरा गर्नेरु भन्दै आक्रोश…
काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन्। नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपश्चात प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार कायम गरिने बताएका हुन्। उनले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए बमोजिमको मतभारलाई आधार मानी निर्वाचन सम्पन्न गराउने स्पष्ट पारे। निर्वाचनसम्बन्धी कानूनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको भए पनि हालैको जनगणनापछिको आधिकारिक नतिजा आयोगलाई प्राप्त नभएकाले ०६८…
काठमाडौँ – रौतहटको गौर नगरपालिका-६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चपुर नगरपालिका-४ बस्ने २० वर्षीय सुदर्शन साहसहित पाँचजना छन् । अस्थायी प्रहरीले पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बसपार्कमा छरिएर रहेका सवारीसाधनहरू व्यवस्थापन गर्ने क्रममा ग १ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेका प्रहरीले जनाएको छ । गाली गरेका साहलाई नियन्त्रणमा लिएको विषयलाई लिएर अन्य व्यक्तिहरूले गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।