सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले आफू मुख्यमन्त्री बन्दै गर्दा समर्थन गरेको राप्रपाले समर्थन फिर्ता लिएपछि शुक्रबार पुनः विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई बुधबार पत्राचार गर्दै शुक्रबार विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । कर्णालीमा नेपाली काँग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १/१जना सांसद रहेका छन् । माओवादी संसदीय दलका नेतासमेत रहेका शर्मा गत पुस २७ गते एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
Author: Saru Shrestha
काठमाडौं – नेकपा एकीकृत समाजवादी त्यागेका दुई जना केन्द्रीय नेताले दिएको राजीनामा स्वीकृत भएको छ । आज बसेको पार्टी बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चूणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले मिटरब्याज पीडितले गरेको आन्दोलनको समर्थन गर्दै उनीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह पनि गरेको छ ।
कर्णाली – कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष वि.सं. २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको बताए । कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ ९चैत १२० गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ ।
काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा फरार सांसद लक्ष्मी महतो कोइरीको खोजी गर्न नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले दबाब दिएका छन् । उनले संसद बाहिर पनि कोइरीको चहलपहल नदेखिएको भन्दै खोजी गर्न दबाब दिएका हुन् । उनले भने, ‘आज प्रतिनिधिसभाको १७ औँ बैठक चलिराखेको छ । लगातार १० पटकसम्म उपस्थित नहुँदा सांसद पद खाली हुन्छ भन्ने नियमावलीमा उल्लेख भएको सुनेको थिएँ । एक जना सांसद सभामुखलाई जानकारी दिएर हो कि, जानकारी नदिईकन हो, धेरै पटकदेखि संसदमा देखिएको छैन । महोत्तरीबाट निर्वाचित लक्ष्मी महतो कोइरी हराइरहेको सूचना छ । सभामुखलाई जानकारी छ कि छैन जानकारी पाउँ ।’ खतिवडाले प्रश्न गरेका बेला सभामुख देवराज…
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको थियो ।
धनगढी: ‘नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अछाम आउन लागेको जानकारी नै दिइएन। यदि मलाई विष्णु पौडेलले म आउँदैछु भनेको भए निश्चित रुपमा मेरो जिल्लामा स्वागत गर्न जाने थिएँ,’ मंगलवार बिहान धनगढीमा एमालेका नेता डा. भीमबहादुर रावलले भनेका थिए। हिजोको मिसन ग्रासरुट अभियानको लागि अछाम पुगेका पौडेल सहभागी कार्यक्रममा भाडभैलो भएपछि आज बिहान नेता रावलले पत्रकार भेटघाट कार्यक्रम राखे। उनले त्यहाँ उक्त कार्यक्रमका लागि पौडेल आउने कुरा जानकारी नै नभएको जनाएका थिए। त्यसक्रममा रावलले समसामयिक देशको राजनीति र आफ्नो पार्टी राजनीतिबारे पनि चर्चा गरेका थिए। त्यस लगत्तै आज (मंगलवार) नै उपाध्यक्ष पौडेलले पनि धनगढीस्थित पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा नेता रावलको टीप्प्णीमा जवाफ…
काठमाडौँ – नेपाली सेनाको नेतृत्वमा यस वर्ष पनि हिमाल सफा गरिने भएको छ। ‘सफा हिमाल अभियान २०२३’ को टोलीलाई मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमकाबीच झण्डा हस्तान्तरण गर्दै बिदाई गरिएको छ। प्रधानसेनापति प्रभुराम शर्माले हिमाल सफा गर्न जाने टोलीलाई यस वर्षको अभियान सुरु गर्दै गत वर्ष हिमाल सफा गर्ने टोलीलाई सम्मान गरेका छन्। ‘सफा हिमाल अभियान २०२२’योगदान पुर्याउने व्यक्तिहरुलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको छ। नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने अभियानमा वन तथा वातावरण मन्त्रालय, केही स्थानीय निकाय, विभिन्न संघ संस्थाको सहयोग रहेको छ। अभियान अन्तरगत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब…
काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अघि बढिसकेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले धेरै वर्षदेखि संघीय निजामती ऐन आउन नसकेको र त्यसलाई आफूले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको बताए । अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको उनको भनाइ छ। मन्त्री मोदीले यही संसद्को जारी अधिवेशनमा नै ऐन टेबुल गर्ने तयारी रहेको बताए । उनले सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिन समेत कर्मचारीहरूलाई निर्देशन दिएका छन् । जनताको सेवालाई पहिलो प्राथमिकतामा…
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो । मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ । भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । आज एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४…
काठमाडौँ – नेपाली काँग्रेसले प्रस्तावित बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे आफ्ना सांसदलाई प्रशिक्षित तुल्याएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विज्ञसँग समग्र विधेयकको अर्थ, उद्देश्य र कानुनी पाटोबारे काँग्रेसले अन्तर्क्रिया गरी विधेयकबारे सांसदलाई जानकारी गराएको हो । उक्त कार्यक्रमपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायलाई विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुरूप प्रस्तावित विधेयकबारे विज्ञसँग गहन छलफल र अन्तरक्रिया भएको बताए । विधेयकको अर्थ, कानुनको आवश्यकता र पक्षमा सांसदले राखेको जिज्ञासालाई विज्ञले स्पष्ट पार्ने कोसिस गरेका थिए । प्रमुख सचेतक लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा…