बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुको टीम विजयी भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी भएकी छन् । उनले अखिल क्रान्तिकारीकी कविता चन्दलाई ११ मतले पराजित गर्दै विजयी भएकि हुन् । घटालले ७१ मत ल्याइन् भने चन्दले ६० मत ल्याइन्। सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए । अनेरास्ववियु एक्लै चुनाव लडेको थियो ।
Author: Saru Shrestha
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक चैत ७ गते बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको सो बैठक बस्ने भएको हो । विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए । जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसको छ । चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिई सकेको छ । जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । भर आन्दोलन भइरहेका बेला मुख्यमन्त्रीको यस्तो टिप्पणी आएको हो…
काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफल नहुने बताएका छन् । प्रदेशको नामकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोलन भइरहेका बेला मुख्यमन्त्रीको यस्तो टिप्पणी आएको हो । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोशी नाम सर्वस्वीकार्य भएकाले तत्काल परिवर्तन नहुने प्रस्ट पारे । लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले ‘कोशी’ नाम पारित गराएको बताउँदै उनले नाम संशोधनका विषयमा छलफलसमेत नहुने दोहोर्याए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे । प्रदेशको नाम संशोधन गर्न…
काठमाडौं – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्याम ओझा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन्। ओझाले ९६२ मत पाउँदा विष्टले ६३१ मत पाए। ओझाले २३१ मतान्तरले विष्टलाई पराजित गरेका छन्। ओझाको स्थायी घर सुदूरपश्चिमको डोटी हो।
धनगढी – बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा न १ र २ मा कर्फ्यु लगाएको छ । स्ववियु निर्वाचनका क्रममा स्थिति तनावग्रस्त हुँदा रातिको समयमा थप घटना घट्न सक्ने भन्दै कर्फ्यु लगाएको जिल्ला प्रहरी प्रमुख कबिन्द्रसिहं बोहराले बताएका छन् । बुढीनन्दा नगरपालिका १ र २ मा आज राति ७ बजे देखि भोली बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराको बुढीनन्दा क्याम्पसमा आज दिउसो दुई विद्यार्थी सङ्गठन बिच झडप प्रहरीले २४ राउन्ड हवाई फाएर गरेको थियो । झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रु ग्यास र २४ राउन्ड हवाई फाएर गरेर भिड नियन्त्रण गरेको…
डोटी – डोटीमा रहेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस विपिनगरमा नेपाल विद्यार्थी संघको पुरै प्यानल विजयी भएको छ। आइतवार सम्मपन्न स्ववियुको निर्वाचनमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानल विजयी भएको हो। स्ववियु अध्यक्षमा नेविसंघका निर्मल बम ४८ मत सहित विजयी भएका हुन्। उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारीका सुरेन्द्र साउदले ४१ मत प्राप्त गरेका छन्। त्यस्तै सचिवमा नेविसंघका सरोज साउद ४७ मत सहित विजयी भए भने उनका प्रतिद्वन्दी अनेरास्ववियुका एकम भाटले ३९ मत प्राप्त गरे। कोषाध्यक्षमा पनि नेविसंघकै यसोदा कलेल ४६ मत सहित विजयी भएन भने उनका प्रतिद्वन्दी मञ्जिय ताडीले ३९ मत प्राप्त गरिन् । त्यस्तै सदस्यहरुमा नेविसंघकी रमिता बोहरा,…
काठमाडौँ – आगामी आर्थिक वर्ष २०८०–८१ को आर्थिक ऐनमा समावेश गरिनुपर्ने राजस्व नीतिबारे सरकारले विभिन्न सरोकारवाला क्षेत्रसँग सुझाव मागेको छ। अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै चैत २० गतेसम्म सुझाव दिइसक्न भनेको हो। ‘आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर, एवम् राजस्व चुहावट नियन्त्रण लगायत समग्र राजस्व प्रशासनको सुधारका सम्बन्धमा २०७९ साल चैत २० गतेसम्ममा सुझाव उपलब्ध गराइदिन हुन निजी क्षेत्र, सरकारी निकाय, एवम् सरोकार राख्ने सबैमा अनुरोध छु, राजस्व परामर्श समितिले सूचनामार्फत भनेको छ। राजस्व परामर्श समितिले सरकारको राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका…
धनगढी – कैलालीमा नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ। आज सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले कैलालीस्थित मसुरियाको खप्तड बहुमुखी क्याम्पसबाट विजयी सुरुवात गरेको हो। अनेरास्ववियुका पुस्करराज अवस्थी ११७ मतसहित विजयी भएको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जानकारी दिए।
बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकामा रहेको नवप्रभात सयुक्त क्याम्पसमा स्ववियु सभापतीमा एमाले निकट अनेरास्ववियुकी रेखा घटाल ७१ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्धन्द्धी नेविसंघ, अखिल क्रान्तिकारीका साझा उम्मेदवार कविता चन्दले ६० मत ल्याइन् । सचिवमा अनेरास्ववियुकै अहिल्या ठकुराठी (७५), कोषाध्यक्षमा अनेरास्ववियुकै गिता घटाल९७४०, सदस्यमा अनेरास्ववियुकै पुजा रावत, आशा साउँद, साबित्री जोशी विजयी भएका छन् ।
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए । प्रधानमन्त्रीले भने, ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ ।’ बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक रहेको बताउँदै उनले…