काठमाडौं – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्याम ओझा विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन्।
ओझाले ९६२ मत पाउँदा विष्टले ६३१ मत पाए। ओझाले २३१ मतान्तरले विष्टलाई पराजित गरेका छन्। ओझाको स्थायी घर सुदूरपश्चिमको डोटी हो।
Facebook Comments Box