Author: Saru Shrestha

कैलाली – कैलालीमा एक बालकको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको टिकापुर नगरपालिका–१ ब्लक नम्बर ७ का तनविर अन्सारीका १८महिनाका छोरा हारिस अन्सारीको मृत्यु भएको हो। सोहि ठाउँमा पार्किङ गरिराखेको सु.प.प्र.०१–००२ त ६४८४ नम्बरको ट्याक्टर सडकमा निकाल्न क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ – भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएकी छन् । राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति मुर्मूले शपथ लिएर कार्यभार सम्हालेपछि बधाई सन्देश पठाएकी हुन् । मुर्मूले भारतीय जनता, भारतीय सरकार र आफ्नो व्यक्तिगततर्फबाट पनि शुभकामना दिएको सन्देशमा उल्लेख गरेकी छन् । “नेपालको राष्ट्रपति निर्वाचित भएकोमा भारतीय जनता र सरकारको तर्फबाट र मेरो आफ्नै तर्फबाट हार्दिक बधाई तथा शुभकामना स्वीकार्न अनुरोध गर्दछु,” भारतीय राष्ट्रपति मुर्मूको सन्देशमा भनिएको छ, “घनिष्ठ र मित्रवत् छिमेकीको रूपमा भारत र नेपालले सौहार्दपूर्ण र बहुआयामिक सम्बन्धको उपभोग गरिरहेका छौँ । साझा संस्कृति र जनता-जनताबीचको सम्बन्धले पछिल्ला धेरै वर्षहरूमा हामी दुई देशका जनतालाई पारस्परिक…

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैर आवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशील कुमार लम्साललाई मोरोक्कोका लागि गैर आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशील कुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आजै पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतलनिवास प्रवेशपछि पौडेलको यो पहिलो सार्वजनिक…

Read More

काठमाडौं – अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १५ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो। उनले पीडितलाई सामाजिक संजाल टिकटकमार्फत साथी बनाई आफूलाई ईंगल्याण्डको नागरिक बताएको र नेपाल आएपश्चात विवाह गरी ईंगल्याण्ड लैजाने प्रलोभन देखाइ ठगी गरेको प्रहरीको भनाइ छ। जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाई दिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलाए पश्चात कुरियर कार्यालयबाट पार्सल पाउनको लागि एन्टी मनी लाउन्ड्रिङ सर्टिफिकेट , डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सुरेन्स…

Read More

धनगढी – धनगढी उपमहानगरपालिकाले देशकै उत्कृष्ट नगरको पुरस्कार पाउने भएको छ । नेपाल नगरपालिका संघले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरको रुपमा पुरुस्कृत गर्ने भएको हो । नगरपालिका संघ ३० वर्षमा प्रवेश गर्न लागेको अवसरमा उत्कृष्ट घोषणा भएको धनगढीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्कृष्ट नगरको पुरस्कारबाट सम्मान गर्ने संघले जनाएको छ। नेपाल नगरपालिका संघले संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै धनगढीलाई उत्कृष्टता पुरस्कार दिइन लागेको हो ।

Read More

काठमाडौँ – ३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ । एसएसपी चन्द्रकुबेर खापुङ नेतृत्वको छानबिन समितिले आइतबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै डिएसपी केसीको गल्ती औँल्याएको हो । गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो । सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखेको छानबिन समितिको निष्कर्ष छ । डिएसपी ठगबहादुरले बुटवलकै एक सुन पसलेबाट तस्करीको आरोपमा सो सुन बरामद गरेका थिए । अवैध भएको पुष्टि भए राजश्व तथा कार्यालय बुझाउनुपर्ने तथा वैध देखिए सम्बन्धित…

Read More

डोटी – नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। खप्तड क्षेत्रमा २०८० जेठ १६ गते लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा सो प्रतियोगिता आयोजना गर्न लागिएको भैरवप्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्कीले बताए। सुदूरपश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सीमाक्षेत्रमा रहेको भू–स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्लपक्षको दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्छ। सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला) का साथै भलिबल, देउडा, घोडादौड प्रतियोगिता पनि आयोजना गरिने उनले बताए। पुरुषतर्फको म्याराथन प्रतियोगिता खप्तडदेखि सिलगढीस्थित शैलेश्वरी मन्दिरसम्म ४२ किलोमिटर रहनेछ भने महिलातर्फको झिङ्ग्रानादेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म…

Read More

काठमाडौं – दाङमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । गत शुक्रबार राति साढे १ बजे दुई युवकले २९ वर्षीया महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पीडितका श्रीमान् अपाङ्ग रहेको र मागेर गुजारा टार्दै आएकोमा उनीहरू घोराही उपामहानगरपालिका-१७ स्थित सडकमा सुतेका थिए । सडकमा सुतिरहेका श्रीमान‍्माथि कुटपिट गरी महिलालाई करिब २५ मिटर घिसारेर लगि सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा स्थानीय २९ वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको हो । अपाङ्ग श्रीमान‍्को उपचार गराउन उनीहरू तीन महिनाअघि दाङस्थित राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा आएकोमा उपचारको लागि…

Read More

काठमाडौँ – नेपाली सेनाले विराटनगरमा निर्माण गरेको विराट राजाको प्राचीन दरबार सङ्ग्रहालय विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ। सुनसरीको इटहरीस्थित पूर्वी पृतनाका पृतनापति उपरथि डा. आशबहादुर तामाङले आइतबार एक कार्यक्रममा सङ्ग्रहालय महानगरका मेयर नागेश कोइरालालाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्र धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना रहेको बताएका थिए। उनले धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा सो क्षेत्रलाई उजागर गर्दै भारतीय पर्यटक भित्र्याउन सकिने उल्लेख गरे। सोही क्रममा मेयर कोइरालाले विराटनगरको दक्षिणी क्षेत्रको विकासलाई महानगरले उच्च प्राथमिकतामा राखेको बताएका थिए। मेयर कोइरालाले दरवार भनिएको क्षेत्रमा रहेको एक बिघा १० धुर जग्गाको संरक्षण गर्ने बताए। सोही क्रममा चालु…

Read More

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । पौडेलले आइतबार केन्द्रीय कार्यसमिति सदस्यका साथै साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए । सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार अइतबारदेखि नै लागू हुने गरी पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन् । साथै, देउवाले राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरूप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

Read More