कैलाली – कैलालीमा एक बालकको मृत्यु भएको छ।
सोमबार बिहान जिल्लाको टिकापुर नगरपालिका–१ ब्लक नम्बर ७ का तनविर अन्सारीका १८महिनाका छोरा हारिस अन्सारीको मृत्यु भएको हो।
सोहि ठाउँमा पार्किङ गरिराखेको सु.प.प्र.०१–००२ त ६४८४ नम्बरको ट्याक्टर सडकमा निकाल्न क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box