Author: Saru Shrestha

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिलाई भर्चुअल मार्फत सम्बोधन गर्दै प्रचण्डले काँग्रेस, एमाले, माओवादी तथा सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव नजिकिँदै गएकाले छिटोभन्दा छिटो सहमति गरेर जानुपर्ने बताएको एक वैकल्पिक केन्द्रीय सदस्यले बताए । ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर सबैलाई स्वीकार्य हुनेगरी चयन गर्नुपर्छ भन्ने हाम्रो चाहना छ । जसले हामी सबैका अनुभवहरूलाई करेक्सन गर्न सकोस् । हामीले गर्न खोजेका कामहरू संविधान र ऐनका कानुनलाई पालना गर्ने व्यक्ति भएमा सजिलो हुन्छ’ प्रचण्डको भनाई उदृत गर्दै…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि युवाको समुहबीच झडप भएको छ। आज बिहीवार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का १८ वर्षीय सन्दिप शाही, सागर पार्की, रोशन रावल र सुरेश बोहराको समूहबीच झडप भएको हो। मुख्यमन्त्री कार्यालय अगाडि युवाहरुबीचमा आपसमा झडप हुँदा शाहीले खुकुरी निकालेको र झडप भएको प्रहरीले जनाएको छ। झडपमा उनीहरु घाइते भएको बताइएको छ। उनीहरुलाई लडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। अहिले घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरिक्षक देवेन्द्रबहादुर पालले बताए।

Read More

सुर्खेत – भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा बिहीबार दिउँसो साढे एक बजेको समयमा दुई जना बगेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा डोल्पाको ठुलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लादेमा दिदिको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाय सोही ठाउँका २१ वर्षीय बिबि रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट जहरे, ईलाका प्रहरी कार्यालय छिन्चु र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चिप्लेबाट करीब १३ जनाको प्रहरी टोलि खटिएको छ । बेपत्ता भएको दुबै जनाको खोजिकार्य भइरहेको…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रीय समितिको भर्चुअल बैठक सुरु भएको छ । स्थायी कमिटी बैठकले २२ सदसीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको हो । भर्चुअल माध्यमबाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रीय सदस्यलाई जुम आइडी दिइएको थियो । सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसुची रहेको बताइएको छ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजीनामा बुझाएका छन्। आज प्रदेश प्रमुख देवराज जोशीलाई मुख्यमन्त्री राजेन्द्रसिह रावलले राजिनामा बुझाएका हुन्। उनी आजै विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि प्रदेश प्रमुख देवराज जोशी नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा जुटेका छन्। उनले मुख्यमन्त्री पदमुक्त भएको पत्र आएपछि नयाँ मुख्यमन्त्री नियुक्ति अघि बढाउने तयारी गरेका हुन् । संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भए । धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । त्यस अनुसार १९ सिटसहित प्रदेशसभामा ठूलो रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुन सक्नेछन्।

Read More

काठमाडौं – प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । आज (बिहीबार) सेनापति प्रभुराम शर्मा र नेपालका लागि नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।

Read More

काठमाडौं – नेकपा एमालेले बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले चार नेताको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले रिक्त रहेका चार स्थानमा चार नेतालाई नयाँ जिम्मेवारी तोकेको हो । जसअनुसार पूर्वसांसद तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई प्रदेश १  को इन्चार्ज चयन गरेको छ भने अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन भएकी छिन । यसगरी अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र मधेस प्रमुखमा रामचन्द्र मण्डललाइ जिम्मेवारी तोकिएको प्रदिप ज्ञवालीले जानकारी दिए ।

Read More

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कुटीकुटी वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०/७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने ५०/५५ वर्षीय सुरेन्द्र राउतले कुटीकुटी हत्या गरेका छन् । आज बेलुका साढे ४ बजेतिर गाउँभन्दा पाँच सय मिटर दक्षिणमा रहेको पर्साचोकमा धान, चामललगायत अन्नपात खरिद–बिक्रीको काम गरिरहेका वृद्ध हरिदेवलाई लागु पदार्थ सेवन गरेका सुरेन्द्रले हात, मुक्का र लात्तीले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरी चौकी पर्साको छेऊमै व्यापार गरी बसेका हरिदेवलाई अचानक सुरेन्द्रले…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र अमेरिकन नियोग युएसएडका प्रमुख प्रशासक सामन्था पावर बिच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो । मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र पावरबीच शिष्टाचार भेटवार्ता भएको हो। यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन्। सामन्था पावर मंगलबार नै नेपाल आएकी हुन्। नेपाल आएलगतै पावरले उच्चस्तरीय भेटवार्ता गरिरहेकी छिन्। अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् ।

Read More