सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा एक युवाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदिमा मंगलबार उक्त शव फेला परेको हो। हत्या गरिएको अवस्थामा फेला परेका अन्दाजी ३० वर्षीय युवाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।
Author: Saru Shrestha
काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजेलाई डाकिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछिको अवस्थाको समीक्षासँगै सरकारमा आफ्नो सहभागिताबारे छलफल हुने बताइएको छ । त्यस्तै उपराष्ट्रपति निर्वाचन, अब चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको छ ।
डोटी – डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ। यसअघि पालिकाका सात वटै वडालाई साक्षर वडा घोषणा गरिएको थियो। सम्पुर्ण वडालाई साक्षर गरेपछि मंगलवारमात्र पालिकालाई एक कार्यक्रमका बिच साक्षर पालिका घोषणा गरिएको हो। मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले पालिकालाई साक्षर घोषणा गरेका हुन। पालिकामा १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए। पालिका साक्षर घोषणा भएपछि साक्षर घोषणा गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए । राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरलाई नियुक्त गरेका छन् । शपथ लिएको दोस्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।
धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउन समाजवादमा जाने पार्टीको लक्ष्य भएको बताएका छन् । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका भट्टले एमालेको धनगढी नगर स्तरीय जनसंगठनहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै जनपक्षीय नीति र कामले मात्र समाजवाद स्थापना गर्न सकिने उल्लेख गरे । ‘संसद, सरकार हुँदै जनपक्षीय नीति बनाएर देशलाई समृद्धि बनाउदै नेपालीलाई सुखी र समृद्ध बनाउन समाजवादमा जाने हो,’ भट्टले भने, ‘त्यसैका लागि पार्टीले दुई महिने ग्रासरुट अभियान चलाएको हो ।’ भट्टले हालै सम्पन्न भएका तीन तहका चुनावमा आन्तरिक समस्याले गर्दा पराजय व्यहोर्नुपरेको बताउदै पार्टीको नीति, सिद्धान्त…
काठमाडौँ – उपराष्ट्रपतिबारे विवाद मिलाउन सत्ता गठबन्धनका शीर्ष चार दलको बैठक बस्दैछ । आज साझा प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्न लागेको हो । राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएको १० दलीय गठबन्धन उप(राष्ट्रपति निर्वाचनमा तितरबितर भएपछि चार दलबीच छलफल हुन लागेको बताइएको छ ।
कैलाली – डोटीमा भएको जिप दुर्घटनामा परि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मङ्गलवार बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएकी ६५ बर्सिया धौली बिस्टको नेपालगन्जमा मङ्गलवार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइते मध्य गम्भीर घाइते जिपमा सवार मृतक विष्ट र मोटरसाइकल चालक विष्णु बोहरालाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज नेपालगन्ज रेफर गरिएको थियो । घाइते बोहराको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई पनि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । मङ्गलवार बिहान सिलगढी स्थित अदालत मोड…
काठमाडौँ – एक सय ५ कोरियन भिक्षु(भिक्षुणी लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा बुद्धस्थलको एक हजार किमी पदयात्रा गर्दै उनीहरू लुम्बिनी आइपुगेका हुन् । भारतका बोधगया, सारनाथ र कुशीनगर लगायत तीर्थस्थलको पदयात्रा गर्दै उनीहरू बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । भिक्षु छेसुङको नेतृत्वमा रहेका कोरियाली भिक्षु-भिक्षुणी भैरहवा लुम्बिनी सडक खण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए । त्यहाँ उनीहरूले विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरेका छन् । टोली बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीका लागि पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पदयात्रा…
काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको दाबी गरेका छन् । पार्टीबाट निर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिँदै अध्यक्ष ओलीले शाक्यले उपराष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताएका हुन् । उनले भने, ‘जित्ने सम्भावना छ । कारणको अहिले चर्चा नगरौँ । अन्तिम बेलासम्म सम्भावनाको खोजी गर्ने हो । अनेक प्रकारका समस्याहरू उनीहरू (गठबन्धन) भित्र छन् । विपक्षी शक्तिसँग चुनाव लडिरहेका छौँ ।’ ओलीले एमालेलाई सबल राष्ट्रिय शक्ति बन्न नदिने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । संविधानको भावना पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए । १० दलीय गठबन्धने…
नेपालगन्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेट तन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । आज नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘राजनीतिक दलका नेता र विभिन्न शक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्,अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छ ।’ उनले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन भने जनता विकल्प खोज्न बाध्य हुने…