Author: Saru Shrestha

दार्चुलामा एक महिलाको शव फेला परेको छ। शनिबार (आज) जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा करिब २६ वर्षीया महिलाको बेवारिसे अवस्थामा शव फेला परेको हो। प्रहरीका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा करिब अपराह्न ४ बजेतिर महिलाको शव पानीमा डुबेको अवस्थामा फेला परेको हो। शवको पहिचान हुन सकेको छैन्। शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् । उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

Read More

काठमाडौं । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिका लागि राजनीतिक लडाईं सुरु भइसकेको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष केसीले दलहरुबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसकेको बताएका हुन् । यसका लागि दलहरुलाई कन्र्फटेबल सभामुखको भूमिका चाहिने भएकाले सभामुखलाई पनि गाह्रो हुने स्थिति देखिएको भन्दै उनले दलहरुले पद र शक्तिका लागि गरेको लडाईंप्रति कटाक्ष गरे । दलहरुले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा राखेको आरोप लगाउँदै उनले महिलालाई सभामुख नबनाएर उपसभामुखमा सीमित गर्न खोजेको बताए ।

Read More

काठमाडौ-प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर विजयी भएकी छन् ।  प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । सभामुख घिमिरेका अनुसार उक्त प्रस्तावको पक्षमा १६६ मत, विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत परेको छ । बैठकमा २६४ जना सांसदको उपस्थिति रहेकोले रानामगरले पाएको मतले उनलाई सभामुखखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले जानकारी दिए । सत्तारुढ गठबन्धनकी उम्मेदवार रानामगरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएसँगै नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवलाई निर्वाचित…

Read More

काठमाडौं। गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पत्राचार गरेको विषयमा संसदमा रुलिङको माग गरिएको छ । कोइरीलाई पक्राउ नगरेपछि गृहमन्त्री रवि लामिछाने आलोचित बनिरहेका बेला शुक्रबार गृह मन्त्रालयले गृहमन्त्रीबाट पटक पटक कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारबाही गर्न प्रहरीलाई मौखिक निर्देशन दिएकोमा हालसम्म पक्राउ नपरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेर जानकारी दिएको थियो । साथै कोइरीलाई पक्राउ गरी तत्काल कारबाही गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको मन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो । उक्त विज्ञप्तिले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेको देखिएको र सुरक्षा संवेदनशीलता तथा गोपनीयताको विपरीत रहेको कांग्रेस…

Read More

धनगढी – कृष्णपुरमा बालबालिकाको अवस्थाबारे मस्यौदा सन्बन्धी कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार जिल्लाको कृष्णपुर नगरपालिकामा महिला तथा बालबालिका शाखाको आयोजना र वल्ड भिजन अनि भित्र एक ठाउँमा राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लूए समाजको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कृष्णपुर नगरपालिका का नगर प्रमुखको अध्यक्षतामा बालबालिकाको अवस्था विश्लेषणको मस्यौदा सन्बन्धी कार्यक्रम सम्पन्न भएको बताइएको छ। कार्यक्रममा २५ जनाको उपस्थिति थियो। त्यहाँ नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्य, बिषयगत शाखा प्रमुख र अन्य बालबालबालिका काम गर्ने सरोकारवालाको उपस्थिति थियो। उक्त कार्यक्रमको सहजीकरण रामहरि ओझाले गरेका थिए।कार्यक्रममा बालबालिकाका समस्या, समाधानका उपाय र सरोकारवालाबारे छलफल भएको थियो।

Read More

धनगढी – कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको सरुवा भएको छ। उनको जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सरुवा भएको हो। उनको ठाउँमा प्रमुख जिल्ला अधिकारी भएर युवराज कटेल आएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कटेल यसअघि जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत थिए।

Read More

काठमाडौं – गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए । तर कोइरी पक्राउ परेका छैनन् । बिहीबार सभामुखको निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी बैठकमा उपस्थित भएको नभएको निक्र्यौल गर्न माग गरेका थिए । शुक्रबार गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर…

Read More

काठमाडौँ – रोजगारीको सिलसिलामा मलेसिया पुगेर बन्धक बनाइएका १२ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरू शुक्रबार नेपाल आइपुगेका हुन् । यसअघि ७ जनाको उद्धार गरेर नेपाल फर्काइएको थियो । आज फर्किनेमा गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का रहेका छन् । उनीहरू पुस १७ गतेबाट मलेसियाको केलाङमा बन्धन बनाइएका थिए । उनीहरूलाई बन्धक बनाउनुका साथै यातना दिएको खबर बाहिरिएपछि सरकारले समेत यसमा चासो व्यक्त गरेको थियो ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त अरब इमिरेट्स (युएई) र कतारका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री दाहाल र युएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूतबीच पनि दुई देशको सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानी भएको थियो। युएई र कतारका राजदूतले नेपालको प्रधानमन्त्रीमा नियुक्त हुन भएका प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए।

Read More