धनगढी – कृष्णपुरमा बालबालिकाको अवस्थाबारे मस्यौदा सन्बन्धी कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार जिल्लाको कृष्णपुर नगरपालिकामा महिला तथा बालबालिका शाखाको आयोजना र वल्ड भिजन अनि भित्र एक ठाउँमा राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लूए समाजको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कृष्णपुर नगरपालिका का नगर प्रमुखको अध्यक्षतामा बालबालिकाको अवस्था विश्लेषणको मस्यौदा सन्बन्धी कार्यक्रम सम्पन्न भएको बताइएको छ। कार्यक्रममा २५ जनाको उपस्थिति थियो। त्यहाँ नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्य, बिषयगत शाखा प्रमुख र अन्य बालबालबालिका काम गर्ने सरोकारवालाको उपस्थिति थियो।
उक्त कार्यक्रमको सहजीकरण रामहरि ओझाले गरेका थिए।कार्यक्रममा बालबालिकाका समस्या, समाधानका उपाय र सरोकारवालाबारे छलफल भएको थियो।
Facebook Comments Box