दार्चुलामा एक महिलाको शव फेला परेको छ। शनिबार (आज) जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा करिब २६ वर्षीया महिलाको बेवारिसे अवस्थामा शव फेला परेको हो।
प्रहरीका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा करिब अपराह्न ४ बजेतिर महिलाको शव पानीमा डुबेको अवस्थामा फेला परेको हो। शवको पहिचान हुन सकेको छैन्। शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box