Author: Nisha Shrestha

महेन्द्रनगर – रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । हाँगा लागेर डगौराको टाउकोमा चोट लागेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ ।…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको फाइल खोल्न सुरु भएको बताएका छन् । पार्टीको दलित सङ्गठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बोल्दै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले यो ट्रेलर मात्र भएको दाबी गरे ‘अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्र हो, हेर्दै जानुस् सिंगै फिल्म देखिनेवाला छ’ प्रचण्डले भने । यसबीचमा सरकारमाथि घेराबन्दी र दबाब आउन सक्ने भन्दै उनले उत्पीडित समुदायले आफूलाई साथ दिनुपर्ने बताए । ‘त्यसपछि पक्कै पनि ठुल्ठुला घेराबन्दी…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् । पार्टीको दलित सङ्गठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताए । ‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौँ भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने, ‘खाली एकताबद्ध भएर गर्जिने आवश्यकता मात्र हो ।’

Read More

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित नहुने भन्दै पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका हुन् । उनले मुलुकले अत्यन्तै आर्थिक संकट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिए । अध्यक्ष यादवले राजनीतिक दलका नेताहरूप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेकाले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । शनिबार प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरवार पुगेका ओलीले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेको जनाइएको छ । भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा भएन । हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ । यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’ उक्त प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरार रहेका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको प्रतिक्रिया दिएका छन् । शनिबार सिंहदरवारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटेपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका हुन्। अभियुक्तलाई बचाउन लागेको आरोप लागिरहेका बेला ओलीले आफ्नो सम्पर्कमा नरहेको प्रतिक्रिया दिँदै केही मान्छेहरूले त्यस्ता खालका हल्ला फैलाउने काम गरेको बताए। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम ठगी गरेको प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन्।

Read More

म्याग्दी – अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारी टेकेको ढुङ्गाबाट चिप्लिएर खस्नुभएको थियो ।

Read More

काठमाडौं– सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन्। सुरक्षा न्यूज अनलाइनका सञ्चालक भण्डारी शनिबार पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो। सरकारी कागजात कीर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता तथा एसपी सिताराम रिजालले बताए।

Read More

बैतडी – पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । नगरपालिकाभित्र रहेका १५ सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिनुभयो । नौ सहिद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बिमा गरिदएको हो । स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बिमा गरिदिएको हो । पन्ध्र परिवारको रु तीन हजार पाँच सयका दरले स्वास्थ्य बिमावापतको प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने उपप्रमुख बोहराले बताउनुभयो । पाँच जनासम्म सदस्य सङ्ख्या रहेको परिवारको रु तीन हजार पाँच सयमा एक वर्षका लागि स्वास्थ्य बिमा गर्ने गरिन्छ । सोवापत बीमित परिवारले रु एक लाखसम्मको उपचार…

Read More

कञ्चनपुर- कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन् । कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक जीवन गौतमका अनुसार भण्डारी १५ वर्षको उमेरदेखि भारोत्तलनमा समिर्पित छन् । उनी प्रशिक्षक गौतमका उत्पादन हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका भण्डारी यतिबेला एसियाली च्याम्पियनसीपको तयारीमा छन् । उनी एक महिनादेखि प्रशिक्षक गौतमसँगै काठमाडौँमा बन्द प्रशिक्षणमा रहेका छन् । भण्डारीको यो चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि उनले नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा रजत पदक प्राप्त गरेका थिए ।…

Read More