Author: Nisha Shrestha

डोटी – डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। सिलगढी देखि दिपायल जाँदै गरेको सु प प्र ०१–००१ ज १२५९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको अध्यक्ष र सदस्यको नियुक्ति प्रदेश सरकारले २०७७ चैत ९ गते गरेको हो। प्रदेश लोक सेवाहरूमध्ये सबैभन्दा पछि पदाधिकारी पाएको सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको कार्यालय भाडाको घरमा सञ्चालन गरिएको छ। आफ्नै स्थायी संरचना नभएको प्रदेश लोक सेवा आयोगमा काम गर्न कर्मचारीको पनि अभाव छ। अन्य प्रदेशले सहायकदेखि अधिकृतसम्मका कर्मचारीको धमाधम विज्ञापन गरे पनि सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले अहिलेसम्म श्रेणी विहिन र सहायक स्तरका साढे तीन सय कर्मचारीको मात्रै विज्ञापन गरेर परीक्षा सञ्चालन गर्न सकेको छ। प्रदेश लोक सेवाले अधिकृत स्तरको विज्ञापन गर्न अझै सकेको छैन। सहायक स्तरको कर्मचारीको विज्ञापन थोरै भए पनि गरेको र…

Read More

बझाङ – बझाङको वित्थडचिर गाउँपालिका–४ की पशुपति महत १६ वर्षकी हुनुभयो । सहपाठी किशोरीहरूले यसै वर्ष बिहे गरेपछि उहाँको उमेर समूहबाट पनि महत एक्लिनुभयो । गाउँले महतको पनि बिहे हुने दिन कुर्दै बस्थे । परिवारको सहमतिमा आफैँ भागेर जान्छे भनेर कुरा काट्ने कम थिएनन् । हेर्दाहेर्दै महत भने अरू किशोरीलाई समेत बिहे नगर्न सुझाव दिन थाल्नुभयो । किशोरीमात्रै नभएर गाउँमा सबै उमेर समूहकालाई उहाँले हिंसा रोक्ने अभियानमा लगाउनुभयो । कक्षा १२ मा अध्ययनरत महत अहिले गाउँलेको निर्णायक ठाउँमा बस्नुहुन्छ । “सुरुमा मेरो कुरा धेरैलाई नमिठो लाग्यो”, उहाँ भन्नुहुन्छ, “गाउँकै बहिनीहरूलाई सम्झाउनसमेत हम्मेहम्मे प¥यो । विस्तारै बहिनीहरू आफ्नो पक्षमा भएपछि भने…

Read More

काठमाडौं – निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका…

Read More

महेन्द्रनगर – टीकापुर नगरपालिकाको ‘उज्यालो टीकापुर’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान हुन थालेका ‘हाइमास्क लाइट’ले टीकापुरको शान्ति(सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । रातको समयमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाको उज्यालो टीकारपुर अभियान शान्ति–सुरक्षाका दृष्टिले निकै उपयोगी भएको स्थानीय प्रकाश चौधरीको भनाइ छ । “हिजो र आजको स्थिति हेर्दा हामीले परिवर्तनको महसुस गरेका छौँ । आज केही स्थानमा भए पनि रातको समयमा उज्यालो हुन थालेको छ”, प्रकाशले भन्नुभयो, “जोखिम भएका क्षेत्रमा उज्यालो बनाउने नगरपालिकाको अभियानलाई स्थानीयले स्वागत गर्नुपर्छ ।” अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा नगरपालिकाको मुख्य छ स्थानमा हाइमास्क लाइट जडान गर्न लागेको…

Read More

काठमाडौं – राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक मंगलबार बस्दैछ। बैठक आज बिहान ११ः३० बजे समितिको सभाकक्षमा बस्नेछ। छलफलका लागि अर्थसचिव, राष्ट्रिय योजना आयोगका सचिव र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई बोलाइएको छ। बैठकमा आगामी आ.व. २०८०/८१ को बजेट तर्जुमाका सन्दर्भमा वित्तिय हस्तान्तरण, राजश्व बाँडफाँट लगायत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका सिफारिस र कार्यान्वयनको अवस्था, संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको वित्तीय संघीयतासम्बन्धी सिफारिसको कार्यान्वयन अवस्था, आ.व. २०८०/८१ को बजेटको प्राथमिकता, वित्तीय हस्तान्तरण, राजश्व परिचालन र खर्चको अनुमान, चालु आ.व.को राजश्व परिचालन तथा खर्चको अवस्थाका बारेमा छलफल हुनेछ।

Read More

बझाङ – हिउँदे वर्षा नभएका कारण बझाङमा गहुँलगायतका हिउँदेबाली सप्रिन सकेको छैन । कतिपय क्षेत्रमा खडेरीका कारण लगाएको बाली राम्रोसँग उम्रिएको छैन भने उम्रिएको हिउँदेबाली पनि सुक्खापनले सुक्न थालेपछि खाद्य संकटको जोखिम बढेको छ । झन्डै ६ महिनादेखि पानी परेको छैन । जसका कारण गहुँ मात्रै नभएर जौ, मुसुरो, उवा, केराउ, तरकारी जस्ता बालीहरू पनि नसप्रिएको किसानहरूले बताएका छन् । बझाङमा असोजको तेस्रो साता वर्षा भएको थियो । ‘बालीनालीलाई पुग्दो पानी नपरेको र खेतमा लगाइएको बाली खेतमै सुक्न लागेको हो, पानी नपरेकाले छरेको सबै बीउ उम्रिन पाएन,’ सुर्मा गाउँपालिकाका गणेश बोहराले भने, ‘अहिले त उम्रिएको पनि पहेंलो भएर सुक्न थालेको छ ।’ कतिपयले कात्तिकमा गहुँ लगाएको…

Read More

काठमाडौँ- कारोबार हुने साताको दोश्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । सोमबार सेयर बजार २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ मा पुगेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

Read More

काठमाडौँ – नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति गरेका हुन् । अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए ।

Read More

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् । उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्य योजना रहेकाले सोही अनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताए । उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए । त्यस्तै विद्युतीय सवारी साधनको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय…

Read More