Author: Nisha Shrestha

काठमाडौँ- चीनका राष्ट्रपति सी जिन्पिङले रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सीले रुसको भ्रमण गर्न लागेका हुन् । उनले यही मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने जनाइएको छ । राष्ट्रपति पदमा तेस्रो पटक चयन भएसँगै सीले पहिलो विदेश भ्रमण गर्न लागेका हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएका हुन् । यद्यपि भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग जुनसुकै समयमा प्रतिपक्षमा भेट हुनसक्ने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि ओलीले प्रतिपक्षमा भेट्न ८४ साल पर्खन नपर्ने बताएका हुन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा ओलीले काँग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम नखाएको बताएका थिए । त्यसको जवाफमा महामन्त्री थापाले ८४ सालसम्म एमालेसँग सत्ता सहकार्य नहुने बताएका थिए । गठबन्धनभित्र केही गडबडी देखिएकाले यस्ता अभिव्यक्ति दिनुपरेको ओलीको दाबी छ ।

Read More

काठमाडौँ – उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतगणना सुरु भएको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सङ्घ र प्रदेशको मत गणना छुट्टाछुटै हुँदैछ। निर्वाचनमा मतदान प्रक्रिया बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो । सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ। निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा सङ्घतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका हुन्। उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्। यादवलाई सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा…

Read More

कैलाली – फागुन १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयले डोटी बडिकेदार गाउँपालिकाका सामुदायीक वनका नाममा निर्देशनात्मक पत्र जारी गर्यो । केही गिरोहले सामुदायिक वनको खातामा रकम नै नहाली कटानी जारी गरेको भन्दै अख्तियारले छानबिन सुरु गरेको थियो । अख्तियारले १५ दिन भित्र सबै सामुदायिक वनको कागज पत्र र हिसाब किताब बुझाउन डिभिजन बन कार्यालय डोटीलाई पत्राचार गर्यो । सोही निर्देशन अनुसार यहाँका सबै सामुदायिक बनहरू छानबिनको घेरा भित्र परे । लानाकेदाश्वर सव डिभिजन वन कार्यालय बिपी नगरले अख्तियारको पत्रअनुसार सबै सामुदायिक बनलाई अर्काे पत्र काट्यो । अहिले केही सामुदायिक बनले जवाफ दिए केहीले दिँदै छन् । एकातर्फ वन…

Read More

हरिद्वार (धनगढी) – विश्वप्रसिद्ध कथाकार विजय कौशल महाराजका शिष्य प्रख्यात कथाकार पवननन्दन शास्त्री र विष्णुप्रसादको साथमा बिहीबार साँझ गंगा आरतीपछि नेपालबाट आएका तीन सय महिला भक्तजनले दीप प्रज्वलन गरेका छन्। कथाकार पवननन्दन शास्त्रीले यी महिलाले महिनावारी गडबडीबाट बच्न गंगाको किनारमा सवा करोड तेल दियो बालेको बताए। वामन पुराणको रेवा खण्डमा यसको वर्णन दिइएको उनले बताए। पौराणिक मान्यता अनुसार गंगाघाटमा आफ्नै हातले बनाएको सवा लाख दीया जलाउनाले महिनावारीको दोष निको हुन्छ। यही मान्यताअनुसार आज हर्की पैडीमा नेपालका महिलाले ठूलो संख्यामा आफ्नै हातले कपासको बट्टा बनाएर सामूहिक रूपमा जलाउने गरेका छन्। प्रत्येक महिलालेसवा लाख बत्ती बालेका छन्। यसअघि सन् २०१२ मा पनि…

Read More

काठमाडौँ – उपराष्ट्रपति निर्वाचनमा मतदान गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरिरहेका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न तीन नेताहरू संघीय संसद् भवन वानेश्वर पुगेका थिए । मतदान सकेपश्चात् संसद् भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरू छलफलमा जुटेका हुन् । विश्वासको मत, सरकार विस्तार र अन्य समसामयिक विषयमा छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले तीन दिन पश्चात् अर्थात् चैत ६ मा विश्वासको मत लिँदैछन् । त्यसपश्चात् सरकार विस्तार गर्ने गठबन्धन दलभित्र तयारी छ । रास्वपा, राप्रपा र एमालेले सरकार छाडेपछि १६ मन्त्रालय खालि छन् । संसद् बैठक…

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउण्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई औपचारिक रूपमा आग्रह गरेको छ । शुक्रबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयले पत्र लेखेको हो । जहाँ ‘उक्त घटना के कसरी हुन गएको र अब उप्रान्त त्यस्ता कार्यहरू हुन नदिन अपनाउनुपर्ने सावधानी र उपाय सहितको विस्तृत अध्ययन प्रतिवेदन पेस गर्न’ भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार ट्वीटर एकाउण्ट ‘पिएमओ नेपालमा अनाधिकृत रूपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु’ भएको थियो । तर, बिहीबार नै ह्याक भएको उक्त ट्वीटर एकाउन्ट पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरू बताउँछन् । टू एफए लगायतका सुरक्षा उपाय…

Read More

लुम्बिनी – लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो । अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गर्नुभयो । अल्पकालीन भिक्षुले पहेँलो चिवर लगाएर बुद्ध धर्मका एक सय नियम पालना गर्नुपर्नेछ । सामान्य अनुयायीले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ । चैत १७ गते अल्पकालीन भिक्षुको…

Read More

बलेवा- भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णोद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णोद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको छ । भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो । मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ । मन्दिरमा सत्तल, हवन कुण्डलगायतका संरचना निर्माणाधीन अवस्थामा छन् । गुठी व्यवस्थापन समितिको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअनुसार मन्दिरको स्वरूप कलात्मक ढङ्गबाट निर्माण गरिएको हो । थप संरचना पुरातात्त्विक शैलीमा निर्माण गरिने अध्यक्ष खड्काको भनाइ छ…

Read More

काठमाडौं — नेकपा(एमाले) एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ ।

Read More