काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग जुनसुकै समयमा प्रतिपक्षमा भेट हुनसक्ने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि ओलीले प्रतिपक्षमा भेट्न ८४ साल पर्खन नपर्ने बताएका हुन् ।
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा ओलीले काँग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम नखाएको बताएका थिए । त्यसको जवाफमा महामन्त्री थापाले ८४ सालसम्म एमालेसँग सत्ता सहकार्य नहुने बताएका थिए ।
गठबन्धनभित्र केही गडबडी देखिएकाले यस्ता अभिव्यक्ति दिनुपरेको ओलीको दाबी छ ।
Facebook Comments Box