Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरिएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका कोठी गायब हुनेगरी एडिट गरेको फोटो राखेको थियो। उक्त फोटोको चौतर्फी विरोधपछि नयाँ फोटो राखिएको हो। अहिले राष्ट्रपति कार्यालयले दुवै गालाको कोठी देखिने फोटो राखेको छ। कार्यालयले दुई दिनमा नै फोटो फेरेको हो। कार्यालयले आफ्नो वेबसाइटमा त्रुटि फेरिएको जानकारीसमेत दिएको छ।

Read More

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ ।

Read More

काठमाडौँ – सरकारले किसानलाई थप मारमा पर्ने गरी मलमा दिँदै आएको अनुदान रकममा कटौती गरेको छ। रासायनिक मलको अनुदानमा भारी कटौती गरेपछि किसानले खरिद गर्ने मलको मूल्य बढ्ने भएको हो। अब किसानले प्रतिकेजी १४ रुपैयाँमा पाउँदै आएको रासायनिक मल २५ रुपैयाँमा किन्नुपर्ने भएको छ। त्यस्तै, ४३ रुपैयाँ प्रतिकेजीमा पाइने डिएपीको मूल्य ५० रुपैयाँ र पोटासको ३१ रुपैयाँबाट बढेर ४० रुपैयाँ प्रतिकेजी पुगेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले युरिया मलमा १५ दशमलव ६३ प्रतिशत, डिएपीमा ६ दशमलव ६७ प्रतिशत र पोटासमा १२ दशमलव १३ प्रतिशतले अनुदान रकम घटाएको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले विरोध प्रदर्शन गरेको छ।

Read More

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग विस्तारै लयमा फर्किएको बताएका छन् । उनले पर्यटन उद्योग बिस्तारै लयमा फर्कने क्रममा रहेको बताएका हुन । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा शुरुवात भएको क्षेत्रिय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनमा उद्योगको विकास, विस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए । उनले नयाँ गन्तव्य स्थलको खोजी, लगानी वृद्धि, एकीकृत पर्यटन पूर्वाधारको विकास, प्रविधिकरण र पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामीण तहसम्म वितरण गर्नुपर्ने आवश्यकता रहको बताए । मन्त्री…

Read More

काठमाडौँ– कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा आजदेखि मार्च १९ सम्म हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो। उक्त प्रदर्शनीमा भाग लिन महासङ्घका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक गोविन्द घिमिरेको नेतृत्वमा आज २१ निर्यात व्यवसायी कतार प्रस्थान गरेको महासङ्घका कार्यालय सचिव दीपेश घिमिरेले जानकारी दिए। उक्त प्रदर्शनीमा नेपालका तर्फबाट चिया, जडीबुटी, अलैँची, अदुवा, डेरीका उत्पादन तथा वस्तुगत सङ्घको प्रतिनिधित्व रहने घिमिरेले बताए । सोही प्रदर्शनीमा अल्टरनेटिभ हर्बल प्रोडक्टस् प्रालि, हिमालयन बायो ट्रेड, कन्चनजङ्घा टिस्टेट, इलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी…

Read More

काठमाडौँ – नेपाली काँग्रेसले उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो । बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरूका तर्फबाट साझा उम्मेदवार रहेका यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनले संघीय संसद्का सदस्य एवं प्रदेश सभाका सदस्यहरूलाई उपराष्ट्रपति पदका उम्मेदवार यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने बताए ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको निकट स्रोतले बताएको छ । काँग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ । विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।

Read More

पाेखरा- स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) मा विधार्थी आमरण अनसनमा बसेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई समितिका असन्तुष्ट समूहले स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन बसेका हुन्। निर्वाचन समितिले धादली गरेको भन्दै स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन बसेका हुन् । स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिहरूको अनधिकृत रूपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले फागुन २७ गते राजीनामा गरेको दिएका थिए। सोही समूहले स्ववियु कार्यालय र क्याम्पस…

Read More

काठमाडौँ – मंगलबार एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि भएको सुन आज स्थिर छ । आज नेपाली बजारमा छापावाला सुन १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन तोला पनि स्थिर रहेको छ । हिजो मंगलबार १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।मंगलबार तोलामा ४५ रुपैयाँले बढेर तोलाको एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Read More

बैतडी – बैतडीको मेलौली नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि सीपमूलक तालिम सञ्चालन गरिराखेको छ । महिलालाई विभिन्न आयआर्जन काम गर्न सहज होस् भन्ने ध्येयले सीपमूलक तालिम सञ्चालमा प्राथमिकता दिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताउनुभयो । हाल वडा नं ४ मा तीनमहिने आधारभूत सिलाइकटाइ र सातदिने व्यावसायिक सीप विकास कुखुरापालन तालिम सञ्चालनमा छ । सिलाइकटाइ तालिम जीवन उपयोगी हुने भएकाले नगरले यस्ता कार्यक्रमलाई प्राथमिकतामा दिएको हो । उहाँले भन्नुभयो, “सीपले मानिसलाई स्वरोजगार बनाउनमा मद्दत पुग्छ, श्रम र सीपले आयआर्जन गर्न सकिने भएकाले सीप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुन्छ ।” सिलाइकटाइ तालिमका…

Read More