काठमाडौँ – सरकारले किसानलाई थप मारमा पर्ने गरी मलमा दिँदै आएको अनुदान रकममा कटौती गरेको छ। रासायनिक मलको अनुदानमा भारी कटौती गरेपछि किसानले खरिद गर्ने मलको मूल्य बढ्ने भएको हो।
अब किसानले प्रतिकेजी १४ रुपैयाँमा पाउँदै आएको रासायनिक मल २५ रुपैयाँमा किन्नुपर्ने भएको छ। त्यस्तै, ४३ रुपैयाँ प्रतिकेजीमा पाइने डिएपीको मूल्य ५० रुपैयाँ र पोटासको ३१ रुपैयाँबाट बढेर ४० रुपैयाँ प्रतिकेजी पुगेको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले युरिया मलमा १५ दशमलव ६३ प्रतिशत, डिएपीमा ६ दशमलव ६७ प्रतिशत र पोटासमा १२ दशमलव १३ प्रतिशतले अनुदान रकम घटाएको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले विरोध प्रदर्शन गरेको छ।
Facebook Comments Box