काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग विस्तारै लयमा फर्किएको बताएका छन् । उनले पर्यटन उद्योग बिस्तारै लयमा फर्कने क्रममा रहेको बताएका हुन ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा शुरुवात भएको क्षेत्रिय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनमा उद्योगको विकास, विस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए । उनले नयाँ गन्तव्य स्थलको खोजी, लगानी वृद्धि, एकीकृत पर्यटन पूर्वाधारको विकास, प्रविधिकरण र पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामीण तहसम्म वितरण गर्नुपर्ने आवश्यकता रहको बताए ।
मन्त्री किरातीले पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना हुने समेत बताए । यसले गरिबी निवारण, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हासिलमा सहयोग पुग्ने उनको भनाइ छ । पर्यटनमा सही सूचना र तथ्यांक चाहिने भन्दै उनले सही तथ्यांकको अभावमा निर्माण गरिने योजना वा कार्यक्रम व्यवहारिक नहुने बताए ।