Author: Nisha Shrestha

काठमाडौं – इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको रहेको छ । निर्धारित समयमा आईपीओ बिक्री नभएपछि म्याद लम्बाएर भदौ २८ गतेसम्म पुर्याइएको थियो । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।यस आईपीओमा आयोजनाबाट अति प्रभावित भोजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।यो आइपीओको प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक…

Read More

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीवासीसँग माफी मागेका छन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने भन्दै उनले माफी मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मागी गर्दै नेता पौडेलले लेखेका छन् : गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना सञ्चालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ । त्यसअघि गुणादी लगायत अन्य स्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या (अपुग) थियो । दमौली आसपास पानीको मूलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या…

Read More

काठमाडौँ – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ । जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरू र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए । उनले चोलेन्द्रले नाम लिएका व्यक्तिलाई बोलाइने र उनीसँग पनि प्रतिप्रश्न गरिने बताए ।

Read More

काठमाडौँ – नेपाल उद्योग व्यापार संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेको छ । सो सम्मेलन तिनकुनेको सिद्धार्थ कटेजमा भएको थियो । सो उपलक्ष्यमा “राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगिकरण तथा व्यापार विविधिकरण” लाई मूल नाराको बारेमा प्रकाश पार्दै यसको भावी रणनीतिको बारेमा पनि प्रकाश पारिएको थियो । प्रेस सम्मेलनमा अध्यक्ष श्याम बहादुर पाठक, ब. उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, उपाध्यक्ष कुष्ण तिमल्सिना, महासचिव श्रीवल्लव नेपाल, कोषाध्यक्ष खिमनारायण पराजुली र सचिव गीता पनेरु उपस्थित भएका थिए । मुल नाराका साथ समाजवादमा पुग्ने आधार भनेकै नेपाललाई परनिर्भताबाट विस्तारै आत्म निर्भर हुनुको विकल्प छैन, नेपाल भूपरिवेष्ठित देश भएकोले अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बन्न नसक्ने…

Read More

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ३ सय पिसिआर परीक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टीजेन परीक्षणका क्रममा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् भने कुनैपनी संक्रमितको मृत्यु भएको छैन ।

Read More

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश र नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारीलाई महाभियोग सिफारिस समितिमा बोलाउनेबारे समिति सदस्यबीच विवाद भएको छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको मंगलबारको जारी बैठकमा सत्तापक्ष र प्रतिपक्षका समिति-सदस्यहरूबीच विवाद भएको हो। समितिका सत्तापक्षका सांसदले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने प्रस्ताव गरेको थियो। सोही प्रस्तावमा छलफल गर्ने क्रममा विवाद भएको हो। आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसोसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई पनि मुछेका थिए।

Read More

काठमाडौँ – नेपाल सरकारले विपदमा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए- तीन सय ३० जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो । विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोगस्वरूप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधि तथा राहत सामग्री पठाइएको बताए । यो सहायता…

Read More

काठमाडौँ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन् । सन्देशमा ‘संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता गरिएको हुनाले कानुनको तत्काल आवश्यक रहेको बारेमा कुनै प्रकारको सन्देह वा द्विविधा रहेको छैन’ भन्ने लगायतका विषयबस्तु उल्लेख छ । सन्देशसहित फिर्ता आएको विधेयकलाई सरकार र सदनले स्वभाविकरुपमा लिई प्रतिनिधिसभा, राष्ट्रियसभा र विधायन समितिमा आवश्यक छलफलपछि पुनःपारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइएको हो । संविधान संरक्षकका हैसियतले राष्ट्रपतिले विधेयकका सम्बन्धमा उठेका विभिन्न प्रश्नका बारेमा समाजका विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग राय…

Read More

भोजपुर – पाँचदेखि ११  वर्षका  बालबालिकालाई  कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ ।  स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले यहाँका साढे १६ हजार बालबालिकालाई कोरोना विरुद्ध खोप दिएको जानकारी दिए । कोरोना रोकथामका लागि यहाँका हालसम्म १६ हजार पाँच सय २४ बालबालिकाले खोप लगाएका छन् । पहिला मात्र खोप लगाएकाहरूका लागि पुनः दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए । भदौ २७ गते दोस्रो चरणको अभियान सुरु भएको छ । खोपका लागि तोकिएको उमेर समूह विद्यालयमा बढी हुने भएकाले विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र कायम गरिएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा अहिलेसम्म एक लाख सात…

Read More

काठमाडौँ – नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा यही भदौ २९…

Read More