काठमाडौं – इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको रहेको छ । निर्धारित समयमा आईपीओ बिक्री नभएपछि म्याद लम्बाएर भदौ २८ गतेसम्म पुर्याइएको थियो ।
कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।यस आईपीओमा आयोजनाबाट अति प्रभावित भोजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।यो आइपीओको प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Facebook Comments Box