काठमाडौँ – नेपाल उद्योग व्यापार संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेको छ । सो सम्मेलन तिनकुनेको सिद्धार्थ कटेजमा भएको थियो । सो उपलक्ष्यमा “राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगिकरण तथा व्यापार विविधिकरण” लाई मूल नाराको बारेमा प्रकाश पार्दै यसको भावी रणनीतिको बारेमा पनि प्रकाश पारिएको थियो । प्रेस सम्मेलनमा अध्यक्ष श्याम बहादुर पाठक, ब. उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, उपाध्यक्ष कुष्ण तिमल्सिना, महासचिव श्रीवल्लव नेपाल, कोषाध्यक्ष खिमनारायण पराजुली र सचिव गीता पनेरु उपस्थित भएका थिए ।
मुल नाराका साथ समाजवादमा पुग्ने आधार भनेकै नेपाललाई परनिर्भताबाट विस्तारै आत्म निर्भर हुनुको विकल्प छैन, नेपाल भूपरिवेष्ठित देश भएकोले अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बन्न नसक्ने भएकोले यो राष्ट्रलाई आत्मनिर्भर बनाउन राष्ट्रिय अर्थतन्त्रको आधारशिला तयार गर्न भनिएको छ । यसको लागि नेपालमै उपलब्ध कच्चा पदार्थमा आधारित उद्योग कलकारखाना, पर्यटन, कृषि, जनविद्युतहरु नै हाम्रो मुलुकका बलिया विदेशी मुद्रा आयआर्जन गर्ने श्रोतहरु हुन भन्ने कुरामा सहमत भएको तर आज सम्मको सबैखाले व्यवसायको अवस्था हेर्दा निकै डरलाग्दो र चुनौतीपूर्ण रहेको बताएको छ ।
नेपालको व्यापार घाटालाई विस्तारै न्यूनिकरण गर्ने योजना राष्ट्रले र नेपाल उद्योग व्यापार महासंघको छाता संस्था नेपाल उद्योग व्यापार महासंघले अगाडि बढाउनु पर्दछ भन्ने विश्वासका साथ यो महासंघको निर्माण गरिएको बताइएको छ ।
साथै प्रेस सम्मेलनमा आगामी भदौ ३० गते एभरेष्ट होटलमा महाधिवेशन आयोजना गरिने पनि बताइएको छ । महाधिवेशन बिहान ७ः४५ मा शुरु हुनेछ र ७७ जिल्लाबाट कम्तिमा ७५० जना प्रतिष्ठित उद्योगी तथा व्यवसायिकहरु उपस्थित हुनेछन् ।
महाधिवेशनको प्रमुख अतिथिमा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल रहनुहुनेछ भने विशिष्ट अतिथिहरुमा उर्जा जलश्रोत तथा सिचाई मन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु तथा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव रहनेछन् ।