Author: Nisha Shrestha

पोखरा- मुस्ताङबाट पोखराका लागि छुटेको बस कालीगण्डकी नदीमा खस्दा १३ जना घाइते भएका छन् । बसमा सवार कुल १७ जनामध्ये ४ जना लेते प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएका छन् । मुस्ताङ प्रहरी प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलका अनुसार दुर्घटनाग्रस्त बस मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको थियो । ना ७ ख ७४४० नम्बरको बस थासाङ गाउँपालिका ३ मा सडकदेखी ५० मिटर तल कालीगण्डकी नदीमा खसेको थियो । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्यको अवस्था सामान्य रहेको पौडेलको भनाइ छ। घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचन, सत्ता सहकार्य र समसामयिक राजनीतिक विषयको सम्बन्धमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा खटपट देखिएको छ । जसका कारण अझैसम्म सत्ता साझेदार दलले राष्ट्रपतिको साझा उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । एमाले अध्यक्ष ओली राष्ट्रपति आफूहरूको हुने बताइरहेका छन् भने माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउनु पर्ने बताइरहेका छन् ।

Read More

काठमाडौँ – नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाई जागिर खाएको भन्दै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विश्वप्रकाश भेटवालले हदैसम्मको कारबाही गरिपाऊँ भन्दै अख्तियारीमा उजुरी दिएका हुन्। निवेदक भेटवालले डिआइजी सिंहले हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर सच्याई जागिर खाएको उल्लेख गरेका छन्। उजुरी पत्रअनुसार डिआइजी सिंहले २०५१ साल चैत ५ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए। हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीमा प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत छन्। प्रहरीमा जागिर खानकै लागि डिआइजी सिंहले जारी नागरिकतामा उमेर…

Read More

दाङ– राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुगेकी छिन् । काठमाडौँबाट हेलिकप्टरमार्फत दाङ आइपुगेकी हुन् ।  लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

Read More

काठमाडौं – राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताए । देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे । सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने उनको भनाइ छ ।

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषय, भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेका ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रकाशशरण महत, विराजभक्त श्रेष्ठसहितले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा सो घटना भएको भन्दै उनीहरुले आर्थिक मन्दीको मारमा परेका व्यवसायीका थप मर्कामा परेका बताए ।

Read More

कास्की – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ ।’ नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो । सहमति नभएसम्म आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार नदिने अध्यक्ष नेपालले बताए । ‘सबैलाई मान्य हुने राष्ट्रपति चुन्न सकिन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाग्नुभएको छ हेरौँ त्यो प्रयास सफल हुन्छ कि हुँदैन । ‘देशमा राजनीतिक तरलता देखिएको छ, राजनीतिक…

Read More

काठमाडौँ- नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा बोल्ने कांग्रेस नेताहरुले उक्त माग गरेका हुन् । विशेष समायमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ? भन्दै प्रश्न गरे । उनले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने माग गरे । उनले वास्तविक मजदुरका जायज माग सम्बोधन गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने बताए । ‘मजदुरको नाममा को त्यहाँ प्रवेश गरेका छन् ? कसले प्रोत्साहित गरेको छ ?’ उनले भने, ‘मजदुरको…

Read More

काठमाडौँ। नेपालको आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति भएको पोखरास्थित सेती नदी खोँचको विमान (यती एयरलाइन्सको एटीआर–७२) दुर्घटनामा परेका २ जना यात्रुको शव एक महिनासम्म पनि भेटिएको छैन। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। माघ १ गते आइतबार बिहान १०ः३२ बजे चालक दलका चार सदस्य र ६८ यात्रु लिएर विमान पोखराको लागि उडेको थियो । दुर्घटनामा १५ विदेशीसहित सबै ७२ जनाको मृत्यु भयो । दुर्घटनामा परेका यात्रुमध्ये २० जनाको शव उनका आफन्तले पोखरामै बुझे । त्यसको दुई दिनपछि ५० जनाको शव काठमाडौँ ल्याइयो र आफन्तलाई जिम्मा लगाउने प्रक्रिया सुरु भयो । तर, त्यसमध्ये पनि ६ जनाको शव पहिचान गर्न कठिन…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैध बनाउन ऐन संशोधन गर्नु आपत्तिजनक भएको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा अध्यक्ष थापाले अवैध सम्पत्तिलाई वैध बनाउन सरकारले ऐन संशोधन गर्न लागेको भन्दै विरोध जनाएका हुन्।  यो भ्रष्टाचार र अनियमिततालाई वैधता दिने षडयन्त्र भएको बताएका छन्। केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध भएको उनको भनाइ छ। देश अहिले भ्रष्टाचारको महारोगबाट अक्रान्त छ।यसैबिच स्रोत नखुलेको सम्पत्ति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो।केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो ।…

Read More