Author: Nisha Shrestha

काठमाडौँ – नेपालस्थित युरोपियन युनियन (इयू) र उसका तीन सदस्य राष्ट्रका राजदूतको टोली विभिन्न परियोजनाको निरीक्षणका लागि सुदूरपश्चिम पुगेको छ। युरोपियन युनियनसहित सदस्य राष्ट्रहरूको सहयोगमा सञ्चालित योजना तथा कार्यक्रमको निरीक्षणका लागि चारजना राजदूतको टोली सुदूरपश्चिम भ्रमणमा गएको हो। नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रज, जर्मनीका राजदूत थोमस प्रिन्ज, फ्रान्सका राजदूत गिलेर बुरबाओ र फिनल्यान्डका राजदूत रिना रिक्का हेइक्काको टोलीले आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालले फोहोरमैला व्यवस्थापन कसरी गरिरहेको छ भनेर निरीक्षण गरेको छ। त्यस्तै, अस्पतालले महिला र बालबालिकालाई कसरी सेवा दिइरहेको छ भन्नेबारे पनि राजदूतहरूको टोलीले अस्पतालका अधिकारीहरूसँग छलफल गरेको छ। सेतीमा फोहोरमैला वर्गीकरण गरेर व्यवस्थापनका लागि जर्मन सहयोगअन्तर्गत जिआइजेडले…

Read More

काठमाडौं – वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो । उहाँले सङ्घ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताउनुभयो । हाल बैंकहरुले कर्जामा आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधारदरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन्…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माण अघि बढेकोे छ । सुरु गरिएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो । आर्थिक वर्ष २०५५/५६ मा उक्त सडक शिलान्यास गरिएको थियो । सुरुमा ‘ट्र्याक’ खोल्नै ढिला भएकामा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाका रुपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको छ । हाल कालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो । यो सडकको सतबाँझदेखि साढे छ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता भएर काम भइरहेको छ । उहाँले भन्नुभयो, “आगामी जेठभित्र छ किलोमिटर कालोपत्र गरिसक्ने…

Read More

काठमाडौं – राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ। बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरूद्ध चैतमा अभियान चलाउने निर्णय गरेको हो। बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले संघपर्षका आगामी कार्यक्रम तय गरेको छ। संघीयताविरूद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएको छ।’ यो अभियानअन्तर्गत सभा, कोणसभा गरिने जनमोर्चाले जनाएको छ। चैत २४ गते जनआन्दोलन दिवसका अवसरमा ‘गणतन्त्र रक्षा गरौं, प्रतिगमनका विरूद्ध संघर्ष गरौं’ भन्ने नारासहित कार्यक्रम गर्ने जनमोर्चाले निर्णय गरेको छ। २०८० वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन र भेलाहरू गर्ने निर्णय…

Read More

म्याग्दी – म्याग्दी बहुमुखी क्याम्पसमा नेकपा निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ। स्ववियू निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले सङ्गठन दर्ता र भर्नाका लागि तोकेको समय अवधिको विरोध जनाउँदै अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा ताला लगाएको हो। म्याग्दी बहुमुखी क्याम्पस कमिटीकी संयोजक मनीषा दर्जीले सञ्चालक समितिको निर्णय सच्याउनुपर्ने माग गरेको बताइन्। चुनावको माहोल बढ्दै जाँदा क्याम्पसमा तालाबन्दी भएपछि स्ववियू निर्वाचनका मतदाता नामावली प्रकाशित, अन्तिम नामावली प्रकाशित, उम्मेदवारी मनोनयन लगायतका कार्यतालिका प्रभावित भएको छ ।

Read More

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा कोभिडविरुद्ध उच्च खोप कभरेजबारे प्रशंसा गरेको छ । सोमबार विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसियाकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा नेपालको खोप कभरेजबारे प्रशंसा गरेकी हुन् । सोमबारबाट सुरु भएको क्षयरोगसम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुन नेपाल आएकी सिंहले प्रधानमन्त्री दाहालसँग भेट गर्दै आगामी दिनमा सहयोग तथा साझेदारी भइराख्ने प्रतिबद्धता व्यक्त गरिन् । नेपालमा कुल जनसङ्ख्याको ७६.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् भने लक्षित जनसङ्ख्या (१२ वर्ष माथि) को ९५.७ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् ।

Read More

डोटी – डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । दिपायल बाट सिलगढी जाँदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडी एक आपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दुर्घटनामा परि घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की वर्ष २९ की टङ्क कुमारी उपाध्याय, सोही वडाकी वर्ष ६५ की धौली देवी बिस्ट, वर्ष २४ की दुर्गा देवी विष्ट र डेढ वर्षीय सिर्जन बिस्ट रहेका छन् । त्यसै गरी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधार विस्तारमा चिनियाँ लगानीको अपेक्षा भएको बताएका छन्। मङ्गलवार नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडले आयोजना गरेको नेपाल चाइना बिजनेस फोरममा प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विस्तारमा चिनियाँ सहयोग भइरहेको बताएका हुन् । उनले अति कम विकसित राष्ट्रबाट नेपाल स्तरोन्नति हुँदै गरेकोमा पूर्वाधार विस्तारको आवश्यकता रहेको पनि बताए। सरकारले लगानीलाई प्रोत्साहन गरेको, लगानीमैत्री कानुनहरू रहेको र नेपालमा लगानी गर्नसमेत आग्रह गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ऊर्जा, उत्पादनमूलक उद्योग तथा खानी क्षेत्रमा लगानी गरेर लाभ उठाउन सक्ने उनले बताए । प्रचण्डले चीन नेपालको लागि दोस्रो ठुलो व्यापार साझेदार र…

Read More

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौँ – माओवादी घटकको संयुक्त अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ। मङ्गलवार (आज) बस्ने भनिएको उक्त कार्यक्रम स्थगित भएको हो । केही दिनपछि अन्तरक्रिया गर्ने गरी आजका लागि स्थगित भएको हो । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी घटकहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने बताइएको थियो। गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।

Read More