Author: Nisha Shrestha

कैलाली – कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह गरी मुख्यमन्त्री नमूना कृषि गाउँ, ब्लक प्रर्दशन, धानबाली प्रवद्र्धन र चैते धान खेती विस्तार कार्यक्रमअन्तर्गत कैलालीमा चैते धान खेती हुँदैछ । धान खेती भजनी, टीकापुर, घोडाघोडी नगरपालिका, कैलारी, जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिकामा गरिँदैछ । जसमध्ये वर्खामा डुबान हुने क्षेत्रमा धेरै क्षेत्रफलमा चैते…

Read More

काठमाडौं – नेकपा एमालेले उपराष्ट्रपतिमा अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज (शनिबार)उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ।

Read More

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ ।

Read More

– खगेन्द्र गिरी (कोपिला) कांग्रेसले अचेल आफूलाई समाजवादी भन्दा बढी उदारवादी भन्न रुचाउँछ। कांग्रेसभित्र उदारवादी ब्यानर बोकेर अनुदारवादी चरित्र प्रस्तुत गर्नेहरुको पङ्क्तिमा रामचन्द्र पौडेल एक नम्बरमा पर्छन्। -यिनले काशीबाट संस्कृतमा राम्रै अङ्क ल्याएर उच्च शिक्षा पाएका रहेछन्। त्यस्तो अङ्क ल्याउनेलाई पञ्चायतकालमा राजाको बाहुलीबाट “महेन्द्र विद्या भूषण” पदक दिने चलन थियो। यिनले भने तातो क्रान्तिकारिताको प्रदर्शन गरेर सो पदक बहिष्कार गरेका थिए। शिक्षालाई राजनीतिसंग जोड्नु यिनको अनुदारवादी संकीर्णता हो। तर पहिले आफैले बहिष्कार गरेको महेन्द्र विद्या भूषण २०४८ सालमा आफू मन्त्री हुँदा उनै राजाको हातमा लाजै नमानेर थापेका थिए। -२०४६ सालको परिवर्तनपछि कांग्रेसका योगप्रसाद उपाध्याय र २०४८ को चुनावपछि वासुदेव रिसाल…

Read More

काठमाडौँ – जनमत पार्टीले उपराष्ट्रपतिमा नेतृ ममता झाको नाम अघि सारेको छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै झाको नाम अघि सारेको हो । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको एक नेताले बताए । यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको थियो । यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ । गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेदवार तय गरिने बताइएको छ

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रतिक्रियावादीहरूलाई पार्टी फुटाएर चोइटो बुझाएको आरोप लगाएका छन् । एमालेनिकट खेलकुद महासङ्घ नयाँ केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘विधि र प्रक्रिया भन्दै प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर पार्टी फुटाएर चोइटो प्रतिक्रियावादीहरूलाई बुझाउने दुष्चेष्टा गरे । तर, तिनीहरूले वास्तविक सफलता प्राप्त गर्न सकेनन् ।’ उनले दुई तिहाइ नजिक पुगेको नेकपा पनि प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए ।

Read More

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै महामन्त्री थापाले राष्ट्रपतिको मुख्य सल्लाहकार प्रधानमन्त्री नै भएको बताए। उनले भनेका छन्, ‘राष्ट्रपति संस्थालाई मर्यादित बनाउने जिम्मेवारी पनि प्रधानमन्त्रीको हो। राष्ट्राध्यक्षलाई नियमित सु–सुचित गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा कम्तिमा महिनामा दुई पटक नियमित रुपमा भेटघाट गर्ने अभ्यास बसाल्नु आवश्यक छ ।’ विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने शैली बदल्न विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायतका विधि र प्रोटोकल परिमार्जनका लागि सरकारी निकायमा छलफल…

Read More

काठमाडौँ – चार कम्युनिस्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी नेपाल, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले ‘समाजवादी देशभक्त मोर्चा’ को घोषणा गरेका हुन् ।

Read More

काठमाडौँ – राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधि महेश बर्तौलामार्फत निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको खर्च विवरणमा १६ हजार ५०० खर्च भएको उल्लेख छ । खर्चको विवरणमा एक पटक एसएमएस गर्दा १० हजार खर्च भएको उल्लेख छ । त्यसैगरी मसलन्दमा ६ हजार ५०० खर्च भएको विवरणमा उल्लेख छ । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ अर्का उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए । पौडेल ३३ हजार २ मतभारसहित निर्वाचित हुँदा नेम्वाङले १५ हजार ५१ मतभार प्राप्त गरेका थिए ।

Read More

   काठमाडौँ – उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक भोलि बिहान ९ बजे बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ । एमालेले उपराष्ट्रपतिमा उम्मेदवार नउठाउने सम्भावना रहेको एक पदाधिकारीले बताए । “सोझै हार्ने चुनाव के उठ्ने भन्ने कुरा पनि उठिरहेका छन् । उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन भोलि हुँदैछ ।

Read More