Author: Nisha Shrestha

काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताउनुभएको छ । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा बोल्दै उहाँले महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । “महिलामाथि हुने हिंसाका दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिन सरकारले कुनै कसर राख्दैन,” उहाँले भन्नुभयो । महिलामाथि हुने हिंसा अन्त्य गर्न यस्ता गोष्ठिले आफूलाई थप हौसला पुगेको उहाँको भनाइ थियो । गृहमन्त्री श्रेष्ठले आफूले गृह मन्त्रालयमा पदभार ग्रहण गरेसँगै शान्ति…

Read More

कैलाली – कैलालीको टीकापुर क्षेत्रको विकासका लागि साझा सम्भावनाको खोजी सुरु भएको छ । सीमित व्यक्ति, राजनीतिक दल विशेष गरेर टुक्रे विकासले समग्र टीकापुरको सम्भावनालाई मूर्तरुप दिन नसकिने भन्दै सामूहिक एकताका साथ सझा सम्भावनाको खोजीका लागि छलफल र बहस सुरु भएको हो । कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले समग्र टीकापुर क्षेत्रको विकास हुन नसक्नुको कारण सामूहिक एकताको अभाव भएको बताउनुभयो । उहाँले सामूहिक एकता हुन नसकेकै कारण टीकापुर क्षेत्र पछाडि परेको र त्यसलाई मूर्तरुप दिन सबैको गन्तव्य एउटै हुनुपर्ने उल्लेख गर्नुभयो । “हामी चाहन्छौँ हाम्रो क्षेत्र विकासको गतिमा अघि बढोस् । तर त्यो काम कसले गर्ने भन्ने…

Read More

महेन्द्रनगर – परराष्ट्र मन्त्री माननीय डा. नारायण प्रकाश साउद हिजो वेस्टमिन्स्टर एबेमा आयोजित महामहिम राजा चार्ल्स तृतीय र महारानी क्यामिलाको राज्याभिषेक समारोहमा सहभागी भए। शनिबार बेलायती राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राज्याभिषेक कार्यक्रममा सहभागी भएका परराष्ट्रमन्त्री साउदले उच्चस्तरीय भेटवार्ता गरेका हुन् । राजा चार्ल्स तृतीयद्वारा विश्वका विभिन्न मुलुकबाट आएका आफ्ना पाहुनाहरूको सम्मानमा बकिङ्घम दरबारमा आयोजना गरिएको रात्रि भोजमा परराष्ट्रमन्त्री साउदले बेलायती राजा चार्ल्स तृतीय, राजपरिवारका अन्य सदस्य र प्रधानमन्त्री ऋषि सुनकलगायतसँग भेटवार्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तस्वीर:

Read More

विसं १९८५ मा भक्तपुरमा जन्मनुभएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय हुनुहुन्छ । यद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहनुभएको छ । विसं २०२० मा राससमा सेवा प्रवेश गर्नुभएका उहाँ विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्कनुभएको थियो । राससमा केही वर्ष प्रमुख समाचारदाता रहनुभएका उहाँ त्यतिबेला देशकै चर्चित पत्रकार मानिनुहुन्थ्यो भने अहिले पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । पत्रकारितालाई निष्ठामुखी बनाउनुपर्ने खाँचो औँल्याउँदै उहाँ भन्नुहुन्छ, “पत्रकारितालाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन सबैभन्दा पहिला पत्रकार नै इमान्दार हुनुपर्छ ।” मिडियामा पारदर्शीता हुनुपर्छ । पत्रकारिता स्वयं पारदर्शी भएन…

Read More

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति वाइडेनले सम्मान गर्नुभएको हो । साइनसिक्सलाई अमेरिकाको ‘स्मल विजनेश एड्मिनिस्ट्रेशन’ले ‘एक्सपोर्टर अफ दि इयर २०२३’ अवार्डबाट सम्मानित गरेको थियो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति वाइडेनले सो अवार्ड प्रदान गर्नुभएको थियो । सन् १९८५ मा स्थापना भएको उक्त कम्पनीको स्वामित्व भण्डारी र पौडेल समूहले सन् २०२१ मा ग्रहण गरेको थियो । हाल उक्त…

Read More

बझाङ- नेपालमा पत्रकारिताको इतिहास हेर्दा विसं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गर्नुभएको थियो । त्यो पत्रिका दुई वर्षसम्म चल्यो । उहाँ नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टोली बनाएर पत्रिकाको तयारी गर्नुभयो । विसं १९५३ मा मोतीरामको निधन भएपछि १९५५ सालमा मोतीमण्डलीले ‘सुधासागर’ पत्रिका प्रकाशनमा ल्यायो तर, त्यसलाई तत्कालीन सरकारले मान्यता भने दिएन । विसं १९५८ मा तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह २४ वर्षको हुनुहुन्थ्यो । त्यो समयमा सरकारलाई चेतना जगाउन जो कोहीले सक्दैनथे । आफ्ना नातेदार तथा भारद्वाजबाहेक राणाको नजरमा वीरलै मान्छेको मात्रै नजर पर्दथ्यो । जयपृथ्वीबहादुर सिंह त्यसबेलाका…

Read More

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाका लागि ४ लाख ६७ हजार ३८९ विद्यार्थीले फाराम भरेका छन् । परीक्षाको तयारी अन्तिम चरणमा पुगिसकेको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले परीक्षा केन्द्र तोक्ने काम पुरा भएको बताए । त्यस्तै केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्ने लगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।टेक्निकल काम बाहेकका अन्य काम पुरा भइसकेको अध्यक्ष शर्माले बताए । यो वर्ष ५६ हजार भन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षा दिन लागेका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएका…

Read More

काठमाडौं – नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उनलाई शपथ गराएका हुन् । उनी आजै मन्त्रीमा नियुक्त भएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । सो मन्त्रालयको जिम्मेवारी यसअघि मन्त्री महिन्द्र राय यादवले सम्हाल्दै आएका थिए । अहिले यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै नेपालले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए । “सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै पनि हालतमा झुक्नु हुदैन ।”नेपालले भने ।

Read More

काठमाडौं – अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताउनुभएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ मा अर्थमन्त्री महतले वित्त नीति चलाउनका लागि सरकारसँग धेरै विकल्प नरहेकाले मौद्रिक नीतिबाट समस्या समाधानका लागि पहल थालिने बताउनुभएको हो । “वित्त नीति कार्यान्वयनमा हाम्रो क्षमता बढ्न सकेको छैन । हामीले वित्त नीतिबाट पुँजी प्रवाह गर्न सकेका छैनौँ । फिस्कल स्पेस बढाउनका लागि स्रोत छैन”, उहाँले भन्नुभयो । मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी प्रयोगबाटै अर्थतन्त्रलाई चलायमान गरिने भए पनि अर्थमन्त्री महतले…

Read More