Author: Nisha Shrestha

बैतडी- गिट्टीका थुप्रोमा भेटिएको शरीरबिनाको टाउको कसको भन्ने पहिचान हुन सकेको छैन। पाटनमा गत आइतबार सडक निर्माणका लागि ल्याएको गिट्टीको थुप्रोमा फेला परेको मानिसको टाउको कसको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा टाउको फेला परेपछि प्रहरीले पहिचानका लागि अनुसन्धान गरिरहेको बताएको छ। हाल टाउको परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। उक्त रिपोर्टपछि डिएनए परीक्षणका लागि पनि पठाइने प्रहरी निरीक्षक जोशीले बताए। हाल घटनाको अनुसन्धान जारी रहेको उनको भनाइ छ।

Read More

काठमाडौं – उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि भने अनलाइनबाट प्रिन्ट पनि गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिनुभयो । उहाँले ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै आफैले प्रिन्ट गर्न मिल्ने व्यवस्था हुनेछ । सरोकारवाला शैक्षिक संस्थाको ‘एपिआइ इन्ट्रिग्रेड’ गरी आवेदकले प्रविष्ट गरेका कागजातका आधारमा ‘अटोनोमस भेरिफिकेसन’ गर्ने शाखा प्रमुख वस्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीले वैदेशिक मुद्राको…

Read More

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु हस्तकला, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई प्राथमिकता दिइने बताउनुभएको छ । ललितपुरको सातदोबाटोमा आज उद्यमी घरको शुभारम्भका अवसरमा उहाँले नेपाली उत्पादन र हस्तकलाका सम्बन्धमा आगामी वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकता दिइने बताउनुभएको हो । उहाँले भन्नुभयो, “तयार हुँदै गरेको आगामी आवको नीति तथा कार्यक्रममा घरेलु हस्तकलाजन्य सामग्री, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई उचित सम्बोधन गरी प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न मन्त्रालय प्रतिवद्ध छ ।” मन्त्री रिजालले नेपाली उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरणका माध्यमबाट विदेशमा निर्यात गर्दै आर्थिक उपार्जन गर्न सकेमा थप रोजगारीको सिर्जना हुने बताउनुभयो । उहाँले उद्यमी घरको सञ्चालनबाट…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् । बिहीबार दुई नेताबीच सिंहदरवारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोसिस भएको भन्दै ध्यानाकर्षण गराएका हुन् । ‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढङ्गले बाटोमा हिँड्दाहिँड्दै समानुपर्ने खालको ‘रहस्यपूर्ण छ’ प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले…

Read More

काठमाडौँ– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘एकमा चार अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दैनिक एक रुपैयाँभन्दा कममै आफूसहित अन्य चार जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ । यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक एक रुपैयाँभन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ ।यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नुपरेमा हरेक सदस्यको वार्षिक २ सय ७० रुपैयाँ शुल्क लाग्नेछ । यसैगरी आफूसहित साथीभाइलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् । दुई नेताबीच भएको भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको हो । ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । एमाले सचिव रायमाझीविरुद्ध पक्राउ पूर्जि जारी भएपछि भएको यो भेटलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

Read More

काठमाडौं – नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् । उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित…

Read More

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका सन्दीपलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो ।प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो । बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ ल्याउनसाथ प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।

Read More

काठमाडौँ – प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय उद्घाटन गरेका छन्। उनले बिहीबार आयोजित एक कार्यक्रमबीच प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको संयुक्त उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कारसमेत प्रदान गरेका छन्। उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा सङ्गठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध र…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड शीतल निवास पुगेका हुन् । नयाँ दिल्लीबाट उपचार गरेर आएपछि प्रधानमन्त्रीले पहिलो पटक भेटका लागि शीतल निवास पुगेका हुन् । राष्ट्रपति पौडेल अहिले शीतल निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् । उनले यसअघि राजनीतिक तथा व्यक्तिगत भेटघाट रोकेका थिए । पौडेल यही आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए । त्यसयता चिकित्सकको सल्लाहअनुसार उनी आराम गरिरहेका छन् ।

Read More