Author: Nisha Shrestha

काठमाडौं– सुनको मूल्य बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ– संघीय संसद्, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको मुद्दा सञ्चारकर्मी र सञ्चार माध्यमका लागि मात्रै नभएर आम नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । उनले प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् । सभामुख घिमिरेले नेपालको प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रेसको महत्वपूर्ण भूमिका रहको र त्यो भूमिकालाई बिर्सन नहुनेमा जोड दिएका छन् । उन नेपाली प्रेसलाई अझ व्यवस्थित व्यवसायीक र मर्यादित बनाउन संसद्मा सञ्चारसँग सम्बन्धित विधेयकहरू विचाराधीन अवस्थामा रहेको समेत बताएका छन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ। कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बिच सिधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बिचको शान्ति प्रकृयाका अनुभवहरू आदानप्रदान गर्ने विषयमा छलफलसमेत भएको छ। अध्यक्ष तिमिल्सिनाले दुई तिहाइ भन्दा बढी बौद्धमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बिच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखेका थिए । नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि महत्वपूर्ण गन्तव्य रहेको उनको भनाई थियो । गौतम बुद्ध…

Read More

गुल्मी – गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् । ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिनुभयो । डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन् । सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताउनुभयो । डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३…

Read More

प्रत्येक वर्ष मे ३ का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने सन्दर्भमा यस वर्ष पनि आज औपचारिकरूपमा विश्वभर विविध कार्यक्रमको आयोजना गरिएका छन् र गरिँदै पनि छन् । अनौपचारिकरूपमा पनि यस दिवसलाई सम्झने क्रममा अनेक कार्यक्रम आयोजना गर्ने गरिएका छन् । नेपालमा पनि यस वर्ष मे १ देखि ४ तारिखसम्म यस दिवससँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिँदैछन् । नामिबियाको विण्डहक सहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरूको सम्मेलनले मे ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा ‘स्वतन्त्र एवं बहुलतावादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनलाई युनेस्कोको आग्रहमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा विश्वभर मनाउन थालिएको…

Read More

बैतडी – नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिनुभयो । मुख्य बजार क्षेत्रमा १८ सिसी क्यामेरा जडान गरेको र अन्य बजार क्षेत्रमा पनि अगामी वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गर्ने लक्ष्य नगपालिकाको रहेको छ । सीमाक्षेत्र र जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रमा आवतजावत बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान…

Read More

दार्चुला- दार्चुलाको व्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ। मंगलबार अपराह्न गएको हिमपहिरोमा केही व्यक्ति पुरिएको शङ्काको आधारमा उद्धारका लागि प्रहरी टोली खटिएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८र९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो। हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ। सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले बताए।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको छ ।आज भएको भेटमा उहाँहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गर्नुभएको भेटमा सहभागी नेपाल परिवार नियोजन सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले महासङ्घले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा बरमेजोलाई धन्यवाद दिनुभएको थियो…

Read More

महेन्द्रनगर – खेलाडीहरुको लगन र नियमित प्रशिक्षणकै कारण केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड छात्रा कबड्डीमा सातौँ पटक सुदूरपश्चिमले स्वर्ण जितेको छ । सोमबार राष्ट्रपति रनिङ शिल्डको १३औँ संस्करणमा बागमती प्रदेशलाई फाइनलमा पराजित गर्दै सुदूरपश्चिमको छात्रा कबड्डीको उपाधि जितेको हो । सुदूरपश्चिम कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले सुदूरपश्चिमको छात्रा टोलीले लगातार सातौँ पटक केन्द्रस्तरीय रनिङ शिल्डमा उपाधि जितेको बताउनुभयो । “मुख्य कुरो त नियमित प्रशिक्षण नै हो ।” कबड्डी प्रशिक्षक भट्टले भन्नुभयो, “सुदूरपश्चिमको कबड्डीले आफूलाई विगतदेखि अहिलेसम्म अब्बल साबित गर्दै आएको छ ।” सुदूरपश्चिमको नौ सदस्यीय छात्रा कबड्डी टोलीको कप्तानी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का सिर्जना सुनारले सम्हालेको प्रशिक्षक भट्टको भनाइ छ ।…

Read More