दार्चुला- दार्चुलाको व्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ। मंगलबार अपराह्न गएको हिमपहिरोमा केही व्यक्ति पुरिएको शङ्काको आधारमा उद्धारका लागि प्रहरी टोली खटिएको छ।
मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८र९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो।
हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले बताए।
Facebook Comments Box