Author: Nisha Shrestha

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गर्नुभएको छ । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उहाँले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन् । उहाँले पीडितसँग अवस्था बुझ्दै भन्नुभयो, “तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।” घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो । मन्त्री श्रेष्ठले भन्नुभयो, “उहाँहरु…

Read More

काठमाडौं – सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी धन्यवाद दिएका छन् । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोही पक्ष र राज्यपक्षका सबै पीडितलाई समान व्यवहार गरी शहीद घोषणा गरिएकामा उनीहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी धन्यवाद दिएका हुन् । भेटका क्रममा सहभागी व्यक्तिहरूले सत्यनिरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । देशको राजनीतिक र सामाजिक रूपान्तरणका लागि आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गरिने प्रधानमन्त्री दाहालले बताउनुभएको उहाँको सचिवालयले…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। आज बिहान त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका थिए ।

Read More

काठमाडौँ – आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने छन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य…

Read More

काठमाडौँ- नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ। आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यादवलाई सहयोग गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। यसअघि बसेको समितिको बैठकमा पनि यादवलाई नै सघाउनेबारे छलफल भएको थियो। तर विवाद हुँदा उक्त बैठकले निर्णय गरेको थिएन। आइतबारको बैठकले भने सर्वसम्मतले निर्णय गरेको हो। वैशाख १० गते रिक्त रहेका तीन स्थानमा उपनिर्वाचन हुँदैछ। बारासँगै चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा पनि उपनिर्वाचन हुन लागेको हो। कांग्रेसले तनहुँमा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवनमा पूर्व जिल्ला सभापति जितनारायण…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी कार्यालय सानेपामा आज बिहान साढे ११ बजेबाट बैठक सुरु भएको हो । बैठकको मुख्य एजेण्डा उपनिर्वाचन रहेको छ । बारा-२ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय लिने छ । कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने बुझिएको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ मन्त्रालयमा तीन मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने भन्दै शेखर कोइराला गगन थापासमूहले मन्त्रीको नाम पठाएको छैन । बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई…

Read More

काठमाडौँ- नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिले भएको छ । पाइलट बिरामी भएपछि शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । यो जहाज दुबई उड्ने क्रममा छ ।उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेपछि डिले भएको हो । यो जहाज दुबई उड्ने क्रममा छ । विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको हो । उडान रद्द नभइ डिले भएको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले बताए । वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए…

Read More

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आइतबार घटेको छ। शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।

Read More

बैतडी – कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पाटन –पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको हो । सडक सञ्जाल विस्तार हुँदै गएपछि मेलौलीबजार व्यापारिक केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ । सडक पुगेसँगै मेलौली बजार तल्लोस्वराडकै व्यापारिक केन्द्रका रूपमा अगाडि बढ्दै गएको स्थानीय व्यापारी मोहन सिंहले बताए । उनले भने, ‘एकदशक अगाडिसम्म देहिमाडौँ, पाटनबाट खच्चर र घोडामा दैनिक उपभोग्य सामान ल्याइन्थ्यो, हाल भने सडक विस्तार भएर मेलौलीमै बजार बनेको…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन्। शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको भागबन्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको बताएका हुन्। उनले भने, ‘देशमा सुशासन नभएसम्म हामी अलमलिइरहन्छौँ। तर अब हामीसँग अल्मलिने छुट छैन। हामी अल्मलिनु हुँदैन। हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ। देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ। हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ। हामीले यो माफिया तन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबन्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चित कसैको…

Read More