काठमाडौँ- नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिले भएको छ । पाइलट बिरामी भएपछि शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ ।
यो जहाज दुबई उड्ने क्रममा छ ।उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेपछि डिले भएको हो । यो जहाज दुबई उड्ने क्रममा छ । विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको हो ।
उडान रद्द नभइ डिले भएको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले बताए । वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए । उनीहरुलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पुर्याइएको छ ।
Facebook Comments Box