Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रिय सभा बैठकमा कर्मचारी प्रशासन विघटन गर्न माग गरिएको छ । राष्ट्रिय सभा सदस्य जीतेन्द्र देवले कर्मचारी प्रशासन विघटन गर्न माग गरेका हुन् । कर्मचारी प्रशासनले राष्ट्रको प्रशासनिक खर्चको ठूलो अंश ओगटेको भन्दै कर्मचारी प्रशासन विघटनको माग गरेका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दलीय क्याडर नियुक्ति नरोके भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । त्यसका लागी त्यसमा दलका नेताहरूले जिम्मेवार ढङ्गले सोच्नुपर्ने उनको भनाई छ ।

Read More

काठमाडौँ – राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले हालको आर्थिक अवस्था सुधार्नका लागि ५०० र एक हजारका नोटबन्दी गर्नुपर्ने सुझाव दिएका छन् । आजको राष्ट्रियसभाको बैठकमा देवकोटाले यस्तो सुझाव दिएका हुन् । सुदृढ अर्थतन्त्रको विषयमा उठाएको प्रस्तावमा समर्थन गर्दै नोटबन्दीको सुझाव दिएका हुन् । देवकोटाले नेपालको अर्थतन्त्रमा संरचनागतरुपमा नै समस्या रहेको बताएका छन् । आयातमा र रेमिटेन्समा धानिएको अर्थतन्त्रमा उनले गम्भीर समस्या भएको बताएका छन् । उनले आ।व वर्ष २०७८-0०७९मा सरकारको चालु खर्च चलाउन ऋण लिनुपर्ने भएको जानकारी सरकारलाई गराएका छन् । उनले विकास र राष्ट्रिय गौरवका आयोजनाका कार्य बिचल्लीमा परेको विषय समेत उठाएका छन् ।

Read More

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए । उनले भने ‘प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी-दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ । समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ । ‘ उनले प्रतिनिधिसभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए ।विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति…

Read More

काठमाडौँ- राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम टुङ्ग्याएको छ । संसदीय सुनुवाइ समितिमा १५ सदस्यमध्ये तीन सदस्य राष्ट्रियसभाबाट हुने व्यवस्था अनुरूप राष्ट्रियसभाले आज नाम टुङ्ग्याएको हो । संघीय संसद्का दुवै सदनको प्रतिनिधित्व रहने संयुक्त समितिका लागी प्रतिनिधि सभाले टुङ्गो नलगाउँदै राष्ट्रिय सभाले आज नाम टुङ्ग्याएको हो राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेका एमालेका देवेन्द्र दाहाल, काँग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रका जगप्रसाद शर्माको नामलाई राष्ट्रियसभाले अनुमोदन गरेको छ ।

Read More

काठमाडौं – आफ्ना समर्थकहरूले सामाजिक सञ्जालमा गाली गरेकी किशोरीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले माफी मागेका छन्। बुधबार बिहान किशोरीको घरमै पुगेर रविले घुँडा टेकेर माफी मागेका हुन्। उपनिर्वाचनको चुनावी प्रचार चलिरहँदा एक युट्युबरले सोधेको प्रश्नमा ती किशोरीले आफूले रुखमा भोट हाल्ने बताएकी थिइन्। उनले अरुलाई जसलाई भोट दिन मन लाग्छ दिन मिल्ने तर आफू घण्टीमा नभई रुखमा भोट हाल्ने बताएकी थिइन्। उक्त भिडिओ सार्वजनिक भएपछि रास्वपा समर्थकहरूले उनीमाथि सामाजिक सञ्जालमा अश्लिल गाली गरेका थिए। समर्थकले गल्ती गरेको भन्दै चुनाव जितेपछि रवि किशोरीको घरमै पुगेका हुन्। रास्वपाले आफ्नो पेजमा सार्वजनिक गरेको उक्त भिडिओमा रवि भन्छन्, ‘हामी कसैलाई अपमान…

Read More

काठमाडौं- नाफागत व्यवसायमा आफ्नो संलग्नता बढाएको आरोप खेपिरहेको नेपाली सेनाले कमिशनको लोभमा प्रक्रिया मिचेर छिमेकी राष्ट्र चीनबाट ६ अर्ब रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी गरेको रहस्य खुलेको छ। सैनिक स्रोतका अनुसार नेपाली सेनाले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको आगमनसँगै एजेन्ट लोकेन्द्र कार्कीमार्फत ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्ने तयारी गरेको रहस्य खुलेको हो। चीनबाट एकैपटक ठूलो परिणाममा हतियार खरिद गर्ने भएपछि स्थानीय पुरानो एजेन्ट नै परिवर्तन गर्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्र कार्कीमार्फत हतियार ल्याउन लागिएको स्रोतको दाबी छ। स्रोतका अनुसार बिना प्रतिस्पर्धा सेनाले गोप्य रुपमा परराष्ट्र मन्त्रालयको सल्लाहबिना सिधै चिनियाँ दूतावासलाई पत्र पठाएर चीनबाट केटू…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले काँग्रेस सच्चिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै वैशाख १० को उपनिर्वाचन परिणामले काँग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश दिएको बताए। उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ १ र चितवन २ मा पार्टीबाट काँग्रेसले उम्मेदवार उठाए पनि पराजित भएका छन् । बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए। मंसिरमा जितेको तनहुँ १ पनि वैशाखको उपचुनावमा काँग्रेसले एक सिट गुमाएको छ ।

Read More

काठमाडौँ – वामदेव गौतमविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । राष्ट्रियसभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकिर गर्दै अधिवक्ताद्वयले रिट दर्ता गरेका थिए । गौतमलाई भदौ २०७७ मा राष्ट्रिय सभामा मनोनयन गरिएको थियो ।

Read More

काठमाडैँ – नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग छलफल गरेको छ । परिसंघले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको हो । मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो । मागमा आएको उच्च सङ्कुचनका उद्योगी–व्यवसायी नाजुक अवस्थामा रहेको बताउँदै परिसंघका अध्यक्ष अग्रवालले उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारणले उद्योगी–व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी–व्यवसायीहरूको मनोबल बढाउन आवश्यक रहेको बताए । हालको अवस्था थप लम्बिएको अवस्थामा श्रम कटौती गर्नुपर्ने अवस्था आउनेतर्फ उनले मन्त्री भण्डारीको ध्यानाकर्षणसमेत गराएका छन् । अर्थतन्त्रलाई चलायमान बनाउन…

Read More

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक वैशाख २८, २९ र ३० गते झापामा बस्न लागेको हो। उपनिर्वाचनको समीक्षा लगायतका समसामयिक विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो।

Read More