Author: Nisha Shrestha

   कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमिटर मूल नहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो । त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन । आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । उक्त क्षेत्रमा २२ शाखा नहर निर्माणाधीन अवस्थामा छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए । ‘हामीले पानी सञ्चालनका…

Read More

काठमाडौँ – वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन् ।…

Read More

काठमाडौँ– हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो । नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे। स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा ज्यादै खुशी लागेको बताए । ‘पाहुना भनेको भगवान हुन्, हामी भगवान्को रुपमा सँधै विदेशी पाहुनाको स्वागत गर्दछौँ,’ उनले भने।…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न भन्दै सरकारलाई चुनौती दिएका छन् । बिहीबार मध्यान्ह सामाजिक सञ्जालमार्फत उनले सिंहदरबार र राजधानी काठमाडौँबाट सार्दा कुनै कुनै आपत्ति नहुने बताए । उनले लेखेका छन् ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् । आफूहरूलाई राजनीति नभई सम्पदा, सस्कृती , कला र सभ्यता चाहिने उनले बताए । ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन,’ मेयर शाहले भने । सरकारले काठमाडौँ महानगरका…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पैसाको लेनदेन नभएको बताएका छन्। बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबिच पैसाको लेनदेन नभएको बताएका हुन् । । घुसको लेनदेन भएको कहीँ कतै प्रमाणित नभएको उनको भनाइ छ । उनले भने, ‘पैसाको कारोबार भएको छैन। तर हाम्रा सांसदले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको हो । त्यही आधारमा हामीले ऐतिहासिक निर्णय गरेका छौँ। व्यक्तिलाई हेरेर निर्णय गरेका होइनौँ, पद्धतिलाई हेरेर निर्णय गरेका हौँ । एक अर्काका बारेमा थाहा हुँदैन, जब थाहा हुन्छ, त्यतिखेर…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सिंहदरवारको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता भएको बताएका छन्। बिहीबार बिहान ट्विट गरी कोइरालाले जिम्मेवार निकायले गरेको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो । जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ। अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुवै सच्चिनु पर्छ।’

Read More

काठमाडौँ – यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको मूल्य आज नेपाली बजारमा स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबबेच भएको थियो। बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ। चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो।

Read More

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पुन: हुने भएको छ। प्रतिस्पर्धी मध्ये कुनै एक उम्मेदवारको मत कुल मतको ५१ प्रतिशत पुग्नुपर्ने प्रावधान अनुसार कसैको पनि मत ५१ प्रतिशत नपुग्ने भएपछि पुन: मतदान हुने भएको हो। कुन–कुन उम्मेदवारबीच पुन: प्रतिस्पर्धा हुने भन्ने बारे चाहिँ थप विवरण आउन बाँकी नै छ।

Read More

काठमाडौँ- माई खोला हाइड्रोपावरले सर्वसाधरणको लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । उक्त आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्काशन गर्न लागेको छ । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार…

Read More

काठमाडौँ – सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू । समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न नपाउँदा मनोरोग (डिप्रेसन)को अवस्थामा पुग्दैछ । पहिले कोरोना महामारी र त्यसपछि सिर्जित आर्थिक मन्दीका कारण कैयौँ उद्योग, प्रतिष्ठान बन्द हुन पुगेका छन् । यसबाट बेरोजगार हुन पुगेका लाखौँ मानिसको मानसिक स्वास्थ्यमा असर परेको विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा पनि आर्थिक सङ्कट दिनप्रतिदिन बढ्दो छ, सेयर बजार झन्भन्दा झन् खस्कँदै छ । मानिसका लागि अवसर खुम्चिँदै छन्…

Read More