Author: Nisha Shrestha

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले उठाउने उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन्। नेपाल जेसिजको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले संसद्को सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा स्वभाविक दाबी कांग्रेसको रहेको बताए। ‘कांग्रेसले अघि सार्ने उम्मेदवार राष्ट्रपति हुन्छ,’ उनले भने। कांग्रेसबाट को उम्मेदवार हुने भन्ने पार्टीले छलफल गरी निर्णय लिने पनि उनले बताए।

Read More

काठमाडौं – नेपालले स्टकल्याण्डविरुद्ध जितका लागि २७४ रनको लक्ष्य पाएको छ । कीर्तिपुरमा जारी आईसिसि विश्वक्रिकेट लिग २ को खेलमा स्कटल्याण्डले टस हारेर पहिले ब्याटिङ गर्दै २७४ रन बनाएर नेपाललाई २७५ रनको लक्ष्य दिएको हो स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा २७ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह एरीले १/१ विकेट लिएका थिए । शुक्रबारको खेलमा करण केसीले महंगो सावित भएका थिए । उनले ९ ओभरमा ६८ रन दिएर…

Read More

धनगढी – नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी पुगेका छन्। आज (शुक्रबार) बाट सुरु हुन लागेको ‘मिसन ग्रासरुट’ अभियान सुरुवात गर्नका लागि पौडेल धनगढी पुगेका हुन्। उनी धनगढी पुगेलगत्तै शिवपुरी धामको दर्शन गर्न पुगेका थिए। त्यसपछि भन्सार र कर कार्यालयको अनुगमनमा गएका उनी केहीबेर पछि पार्टीको मिसन ग्रासरुट कार्यक्रमको उद्घाटन गर्ने छन्। सुदूरपश्चिम प्रदेशमा पनि आजबाट ‘मिसन ग्रासरुट’ सुरु हुँदै छ। सुदूरपश्चिममा उपाध्यक्ष पौडेललाई अनुगमन र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ। आज धनगढीमा सुरु हुने अभियानमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सबै प्रदेश सचिवालय जिल्लाका पदाधिकारी र जनसङ्गठनका…

Read More

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ । लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म केन्द्रीय समिति गठन भएको छैन । अहिले केन्द्रीय समिति निर्माण गर्ने गृहकार्य सुरु भएको छ । त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुग्यांउने लोसपाले जनाएको छ । पार्टीमा केन्द्रीय समितिका लागि आएका नामको बारेमा पनि छलफल भइरहेको छ । शीर्ष नेताको बीचमा सहमति भएपछि त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुङ्गो लगाउने तयारी छ । बैठकमा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्ने विषयमा…

Read More

काठमाडौं – सुपरमाई हाइड्रोपावरको आईपीओ शुक्रबार बिहान बाँडफाँट भएको छ। यस कम्पनीको आईपीओ बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। उक्त आईपीओका लागि कुल १३ लाख २२ हजार ४९२ जनाले आवेदन दिएकोमा ४ हजार १७२ जनाको आवेदन रद्द भएको बिक्री बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागी कुल ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर्र बिक्री गरेको थियो। यस्तै, सामूहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात् २५ हजार कित्ता र २…

Read More

बैतडी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३० नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्म ती शिशुको मृत्यु भएको हो । यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । आव २०७६/७७ मा ३१, आव २०७७/७८ मा ४८ नवजात शिशुको मृत्यु भएको थियो । गत आवमा ५१ नवजात शिशुको मृत्यु भएको उनले जानकारी दिए । गत आवमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १३ नवजात शिशुको मृत्यु भएको थियो । यस्तै मेलौली नगरपालिकामा ११, सिगास गाउँपालिकामा छ, दशरथचन्द र पाटन नगरपालिकामा पाँच/पाँच,…

Read More

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुनको प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख २ हजार रुपैयाँ कायम भएको हो । यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा १० रुपैयाँले घट्दै १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

भक्तपुर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका छन्। भक्तपुरको कमलबिनायकस्थित बिजुक्छे निवास पुगेर पौडेलले आसन्न राष्ट्रपति निर्वाचनलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका हुन्। फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवारमा पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा छ।

Read More

काठमाडौँ – नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन् । काठमाडौँ आनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरूले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरू सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । सैनिक मुख्यालय जङ्गी…

Read More

काठमाडाैं –   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा टोलीले प्रधानमन्त्रीलाई भेटी राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र पेश गरेको थियो। शुक्रबार बिहान बालुवाटारमा बुझाइएको ज्ञापनपत्रको जवाफमा प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताउदै उक्त कुरा बताएका हुन । भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । साथै, अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी…

Read More