Author: Nisha Shrestha

काठमाडौँ – प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरू चोरी गर्दै गरेको देखिएका उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका एसएसपी मनोज केसीले बताए । पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए । आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक ४ बजे सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा नियमित छलफल र निर्णय हुन सक्ने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए।

Read More

बझाङ – सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र रु ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएकोे हो । उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार सुर्माका हरेक वडामा उत्पादन भएको बर्खे आलु ३५ रूपैयाँ प्रतिकेजीको दरमा बिक्री गर्दासमेत रु ३५ लाख बराबर किसानले आम्दानी गरेका छन् । “हामीले सुर्माबाट एक हजार क्विन्टल आलु निर्यात गरेका हौँ । त्यसैमध्ये ८८ क्विन्टल आलु बीउका लागि डडेल्धुराको कोल्डस्टोरमा राखिएको छ । बाँकी सबै बिक्री भइसक्यो”, उहाँले भन्नुभयो, सुर्मामा पछिल्लो तीन वर्षयता तरकारीमा स्थानीयवासी आत्मनिर्भर…

Read More

काठमाडौँ – नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरीरको ७० प्रतिशत भाग र सांसद चन्द्र भण्डारीको दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ। अस्तपालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा उनीहरुको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको छ।

Read More

काठमाडौँ – बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डिआइजी मसाउद आलम खाँ को नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरी प्रवक्ता (डिआइजी) पोषराज पोखरेलले बताए । समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल सहित ५ जना छन् । समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको डिआइजी पोखरेलले जानकारी दिए । माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी…

Read More

काठमाडौ- नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व छान्नका लागि निर्वाचन हुँदैछ । १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन्। अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन्। अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ बजेबाट मतदान भइरहेकाे छ । अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। जसअनुसार उपाध्यक्ष चार जना र सचिव १० जना चुनिनेछन् । जारी महाधिवेशनले १५–१५ सदस्यीय तीन वटा आयोग पनि गठन गर्नेछ ।…

Read More

काठमाडौँ- ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधबार राति ग्यास सिलिन्डर विस्फोटमा उनी घाइते भएकी थिइन् । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ । गए राति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भइरहेको बताइएको छ। राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले भेटवार्तालाई बाक्लो बनाएका छन्। माओवादी राष्ट्रिय सहमतिमै राष्ट्रपति चुन्नुपर्ने पक्षमा छ। एमाले पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ।

Read More

काठमाडौँ- आज सुनको नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बुधबार तोलामा दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार…

Read More

काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुख घिमिरेले बिहीबार बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा.किरण नकर्मीसँग भण्डारीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका हुन् । त्यस क्रममा सभामुख घिमिरेले उपचारमा कमी हुन नदिन र संवेदनशील हुन ध्यानाकर्षण गराउनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन् । गए राति ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । यसैबीच सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न पार्टीका नेता कार्यकर्ता कीर्तिपुर अस्पताल पुगेका छन् । सांसद भण्डारीको उपचार नेपालमा सम्भव नहुने अस्पतालले जनाएको छ…

Read More