Author: Nisha Shrestha

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणना अनुसार नै कायम हुने बताएका छन् । फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले २०७८ को जनगणनाको प्रतिवेदन सार्वजनिक भई नसकेकाले पुरानै गणनाको आधारमा मतभार कायम हुने जानकारी दिए । “०७८ मा जनगणना भएपनि त्यसको अन्तिम प्रतिवेदन आइसकेको छैन । त्यसकारण पुरानै मतगणना अनुसार मतभार तय हुनेछ,” उनले भने । थपलियाका अनुसार प्रत्येक प्रदेशबाट मतदान गर्न सांसदहरू केन्द्रमै आउनुपर्ने भएको छ । कानुनी अड्चनका कारण मतदान प्रदेशमा गरेपनि केन्द्रमै ल्याएर गणना गर्नुपर्ने भएका कारण संसद् भवनमै मतदान कार्य हुने उनले जानकारी…

Read More

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सयौँ यात्रुलाई समस्या भएको छ । सर्भर डाउन भएपछि केही उडानसमेत बन्द भएका छन् । अध्यागमनमा पटक-पटक यस्तो समस्या हुँदा गृह मन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरेपनि समाधान नभएको कर्मचारीको गुनासो छ । करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमनका एक अधिकारीले जानकारी दिए । सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ । अहिले ३र४ सय यात्रु आक्रोशित भएर बसेका छन् । उडान…

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवारी बन्नुपर्ने बताएका छन् । सोमबार दिउँसो कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईंहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु। विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्नसक्ने वातावरण निर्माण गर्ने महत्त्वपूर्ण अभिभारा तपाईँहरूको काँधमा पनि छ।’  दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “संघीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सहमतिको प्रयास अन्तर्गत नेपाली काँग्रेसका नेताहरूसँग छलफल भइरहेको बताएका छन् । आज (सोमबार) बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटपछि प्रधानमन्त्रीले अहिलेको सत्ता साझेदार दल बचाएर राष्ट्रिय सहमति गर्ने कोसिसमा लागेको बताएका हुन् । काँग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गाह्रो देख्छु, यो कोलिसन जोगाएर पनि सहमति जुटाउन सकिन्छ कि भन्ने प्रयासमा छु’, प्रधानमन्त्रीको ब्रिफिङ उधृत गर्दै राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने । अझै केही दिन बाँकी भएकोले निरन्तर छलफल गरेर निष्कर्षमा पुग्न सकिनेमा प्रधानमन्त्री विश्वस्त रहेको पनि गजुरेलले जनाएका छन् ।…

Read More

काठमाडौं – राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को बैठक बस्ने भएको छ। अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालाय पेरिसडाँडामा बस्ने बैठकमा अहिलेसम्म भएका वार्ता र छलफलबारे रिपोर्टिङ हुने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए। ‘अहिलेसम्म भइरहेका छलफलबारे रिपोर्टिङ हुन्छ। अब कसरी अघि बढ्ने भनेर म्यान्डेट लिने काम हुन्छ होला,’ उनले भने। अहिले प्रधानमन्त्री प्रचण्ड पोखरामा छन्। पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी पोखरा गएका हुन्। पोखराबाट फर्किएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नेछ। राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ। नेकपा माओवादी केन्द्रले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान…

Read More

काठमाडौँ:- ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८ जना घरबारविहीन भएका तथा तीन सय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीहरूले बाढीपहिरामा हराएका तथा घाइते…

Read More

पर्वत – जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ । गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाका सुन्तला निर्यात भएका छन् । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थिति बाँसखर्कवाट माघको अन्तिम सातामात्र सुन्तला…

Read More

काठमाडौँ – विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।’ ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैनन् ।’, खरिद अनुगमन कार्यालयले सूचनामा भनेको छ । खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।…

Read More

काठमाडौँ –  भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरूका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले आजदेखि जारी पुँजीको १० प्रतिशत दरले स्थानीयवासीलाई आईपीओ बिक्री खुलाएको हो । कम्पनीको जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाएको हो । कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ५ लाख ४४ हजार ५३ कित्ता सेयर छुट्याएको छ । यसमध्ये आयोजनाबाट अति प्रभावित नौमुले द्वारीका स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ । यस्तै,…

Read More

काठमाडौँ- किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ । बैठक सुरु गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताए । उनले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्नेमा जोड दिए । उनले भने, “सङ्घीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्नेछ । सङ्घीयता, गणतन्त्र र संंविधान कार्यान्वयनमा सहयोग पु¥याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ ।” कार्यक्रममा चुम्लुङकी केन्द्रिय सल्लाहाकार चन्द्रमायाँ लिम्बू, प्रदेशसभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, चुम्लुङका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र…

Read More