दार्चुला – दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको व्याँस गाउँपालिका(५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा व्याँस गाउँपालिका २ हिकिलाका ४३ वर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले बताए। म १ त १११८ नम्बरको ट्याक्टरका साहुसमेत रहेका बडाल आँफैले चलाउँदा शुक्रबार राति दुर्घटनामा परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकबाट करीब एक सय मिटर तल खसेको थियो। घटनाको विस्तृत जानकारीका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटिएको प्रहरी निरीक्षक भण्डारीले बताए।
Author: Nisha Shrestha
काठमाडौं – नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे एमालेका नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा। शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्। एमालेले नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा विषायक अभिमुखिकरण सञ्चालन गर्न लागेको हो। उनका अनुसार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण एवम् सम्बोधन गर्नेछन्। एमालेमा प्रत्यक्ष चुनावबाट ४४ जना र समानुपातिकबाट ३४ जना गरी ७८ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। एक जना स्वतन्त्र सांसद एमालेमा प्रवेश गरेपछि ७९ जना पुगेका छन्।
महेन्द्रनगर – धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत सङ्कलन गर्न घरबाट निस्किन सधैँ हतारो हुन्छ । बचत सङ्कलनमा हिँड्नुपर्ने उहाँको दैनिकी हो । दैनिक तीनसयभन्दा बढी बचतकर्ताको रकम असुल्नु पर्दा हुने दौडधुपले उहाँलाई कामको बढी चाप हुन्छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कैलालीमा कार्यरत उहाँले भन्नुभयो, “तोकिएको ठाउँठाउँमा पुगेर बचत सङ्कलन गर्नुपर्छ, न्यूनतम पारिश्रमिकका अलावा बचत सङ्कलन गरेबापत कमिसन पनि पाउँछौँ ।” धनगढीकै तारा चौधरीले पनि बचतकर्ताको घरसम्मै पुगेर बचत सङ्कलन गरिरहनुहुन्छ । सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्थासँग जोडिनु भएकी उहाँले भन्नुभयो, “बचत सङ्कलनको काममा आफू सहित नौ महिलाले काम पाएका छौँ, आफ्नो कामबाट सन्तुष्ट छौँ ।” गाउँ टोलमा धमाधम खुलिरहेका…
काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो । फाउण्डेशनले उपप्रधानमन्त्री लामिछानेलाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आफ्नै समुदायका व्यक्तिहरु…
भरतपुर – नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए । उनका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उनले बताए । चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दै गएको उनको…
काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको कार्यदल बैठकबाट साझा कार्यक्रमलाई अन्तिम रूप दिइएको हो । उक्त मस्यौदा प्रतिवेदन शनिबार शीर्ष नेताहरूलाई बुझाउने कार्यदल सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । शीर्ष तहबाट पारित भएपछि उक्त कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ । साझा कार्यक्रममा सबै दलका एजेन्डालाई समावेश गरिएको उनले बताए । सुशासन, जनतालाई परिवर्तनको आभास हुने गरी कार्यक्रम तय गरिएको ढकालले जानकारी दिए । यही पुस १४ गते गठित कार्यदलमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय…
काठमाडौँ – उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। कायममुकायम प्रधानन्यायायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उनीविरूद्ध परेका मुद्दाको सुनुवाइ गरेको हो। अहिलेसम्म अधिवक्ता रविराज बसौलाले दिएको मुद्दामा सुनुवाइ सकिएको छ भने युवराज पौडेलले दिएको मुद्दामा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जानकारी दिएको छ। यी मुद्दामा सुनुवाइ भइरहेकाले संवैधानिक इजलासले आज अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेको छ। अहिलेसम्म बहस गरेका रिट निवेदक पक्षका वकिलले लामिछानेले रद्द भइसकेको नेपाली नागरिकता राखेर पासपोर्ट बनाएको, पार्टी दर्ता गरेको र चुनाव लडेको…
काठमाडौँ – शुक्रबार (आज)बसेको सर्वदलीय बैठकले आगामी माघ ७ गते भित्रमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन गरिसक्ने सहमति जुटाएको छ। ज्येष्ठ सदस्य तथा सभामुख पशुपति शमशेर जबराको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो । संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै, सभामुख निर्वाचित भएलगत्तै ९ गतेभित्र उपसभामुखको उपनिर्वाचन गरिने बताइएको छ।
काठमाडौँ – सरकारले गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनमा झडप हुँदा मृत्यु भएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीको परिवारलाई १०/१० लाख रुपाैयाँ रकम सहयाेग गर्ने भएकाे छ। हिजाे पुस २१ गते बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप र चेतनको परिवारलाई १०/१० लाखको सहयोग गर्ने निर्णय गरेकाे अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। गत मंसिर ४ निर्वाचनका दिन मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले ‘बुथ कब्जा’ गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा कांग्रेसका कार्यकर्ता सन्दीप ऐडीको मृत्यु भएको थियो। ४ गते साँझ त्रिवेणी- ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको…
काठमाडौँ – प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक संसद भवन सिंहदरवारमा सुरु भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् । प्रतिनिधि सभाको पहिलो बैठक २५ पुसमा बस्दै छ । बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुख चयन गर्ने तयारी छ ।