काठमाडौँ – प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक संसद भवन सिंहदरवारमा सुरु भएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् ।
प्रतिनिधि सभाको पहिलो बैठक २५ पुसमा बस्दै छ । बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुख चयन गर्ने तयारी छ ।
Facebook Comments Box