Author: Nisha Shrestha

राम धामी डडेल्धुरा- राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको सुदुरपश्चिम खण्डमा सडक निर्माण कार्य हुन सकेको छैन ।झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेल्धुराको रूपाल पुग्ने करिब एक हजार तीन सय ५२ किलोमिटर राजमार्गको सुदूरपश्चिम खण्डमा हालसम्म काम शुरु नभएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका डिभिजन प्रमुख शम्भुप्रसाद आचार्यले बताए । उनले चालू आर्थिक बर्षमा समेत सुदूरपश्चिम खण्डका लागि बजेट बिनियोजन नभएको बताउँदै अगामी बर्षदेखि काम शुरु गर्न बजेट माग गरिरहेको जानकारी दिए । सरकारको उच्च प्राथमिकतामा रहेको राजमार्गको निर्माण कार्यले सुदूरपश्चिम प्रदेशमा गति लिन नसकेकोमा यँहाका अगुवाहरु अविलम्व काम शुरु हुनुपर्ने माग गरेका छन । डडेल्धुराको…

Read More

महेन्द्रनगर- हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । यसैगरी आज अपराह्न १÷२ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार प्रि–मनसुनको…

Read More

काठमाडौं – सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो । यस अधिवेशनमा मुख्यरुपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भसँगै प्रि-बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक०…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्न नदिएको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन् । आइतबार राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको एकताको प्रथम महाधिवेशन उद्घाटनमा शाहीलाई बोल्न नदिएको भन्दै समर्थकहरुले होहल्ला सहित नारावाजी गरेका थिए । उनीहरुले आफुहरु ज्ञानेन्द्र शाहीको भाषण सुन्न आएको बताइरहेका थिए । नाराबाजीपछि पनि शाहीले बोल्न नपाएपछि कार्यक्रमको अन्त्यसम्म पनि उनीहरु आक्रोशित भएका थिए । शाहीले पनि आफूलाई बोल्न नदिएको बताउँदै राप्रपालाई युवामा रुपान्तरण गर्नुपर्छ भन्दै आएको तर युवाहरुलाई नै निषेध गर्न खोजेको उनले बताए ।

Read More

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपछि अर्को गर्दै ठूला भ्रष्टाचारको फाइल खोले आफूले समर्थन गर्ने जनाएका छन् । राप्रपानिकट महिला सङ्गठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताए । उनले भने, ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरूको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन । देखाउन मात्रै गर्न हुँदैन ।’ यदि प्रधानमन्त्रीले…

Read More

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय समितिको बैठक काठमाडौंमै बस्ने भएको छ । यसअघि झपामा बस्ने तय भएको थियो । बैठक वैशाख २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमै बस्नेगरी तय भएको छ । संसदको बजेट अधिवेशन र अन्य संसदीय गतिविधिका कारण केन्द्रीय समितिको बैठक काठमाडौंमै बोलाइएको हो ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको बताउनुभएको छ । आज यहाँ आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट सम्मानितलाई बधाई दिँदै उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन ।” प्रधानमन्त्री दाहालले राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्याएको बताउनुभयो । उहाँले नेपाली पत्रकारिताका कारण नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो…

Read More

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ दशमलब १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलब ६१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, आठ कम्पनीको शेयर…

Read More

धनगढी- कैलालीमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।कान्द्रा नदीमा उनी शनिबार मृत अवस्थामा फेला परेका थिए।

Read More

काठमाडौं -भारतीय अभिनेता आमिर खान नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहिबेर अघि ओर्लेका खान सीधै बुढानिलकण्ठतिर लागेका छन्। खान ११ दिन नेपाल बस्ने छन्। बुढानिलकण्ठस्थित विपश्यना केन्द्रमा ११ दिन समय विताउने कार्यतालिका रहेको एक उद्योगीले सञ्चारमाध्यमलाई बताएकी छन् ।

Read More