Author: Nisha Shrestha

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान दिएका छन् । सिंहदरबारमा सुरु महाभियोग सिफारिस समितिको बैठकको दोस्रो दिन बयान दिँदै जबराले सबै न्यायाधीशहरू आफ्नो विरुद्धमा छन् भन्ने आरोप सयमा सय प्रतिशत गलत भएको दाबी गरे । उनले एक-दुई महिना भए पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाइदिनुस् भन्ने आग्रह गर्नेहरूलाई हुन्न भनेकाले आफूमाथि यस्तो प्रकरण रचिएको बताए ।

Read More

काठमाडौं – इच्छाराज तामाङविरुद्ध ५ अर्बको मुद्दा दायर गरिँदै छ । सम्पत्ति शुद्धीकरण विभागले तामाङविरुद्ध केही बेरमा मुद्दा दायर गर्न लागेको प्रशासन स्रोतलाई जानकारी प्राप्त भएको छ । सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले सहकारी ठगी गरेर करिब साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित मुद्दा दायर गर्न लागेको छ । विभागले गरेको अनुसन्धानबाट साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भेटिएको, तामाङले साढे ५ अर्ब रुपैयाँ बराबरको सम्पत्तिको स्रोत देखाउन नसकेको र सो रकम सिभिल सहकारी संस्थाबाट ठगी गरेर आर्जन गरेको पाइएको स्रोतको भनाई छ । तामाङले सर्वसाधारणको बचत रकम आफूखुसी चलाएर दुरुपयोग गरेको उजुरीका…

Read More

बैतडी – महाकाली नदीमाथि झोलुंगे पुल निर्माणको माग गर्दै भारतको उत्तराखण्डका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । मुख्यमन्त्री पुष्कर धामीलाई नेपाली नागरिकहरु देहरादुन पुगेर ज्ञापन पत्र बुझाएको देवताल–गणमेश्वर धाम झोलुंगे पुल संघर्ष समितिका संयोजक विरेन्द्र चन्दले बताए । महाकाली नदीमा झोलुंगे पुल नभएका कारणले नेपाल तथा भारतका नागरिकहरुले डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको देहरादुन पुगेका बैतडीका सन्तोष चन्दले बताए । महाकाली नदी सीमा नदी भएकाले भारतको सहमति बिना पुल बन्न सक्ने अवस्था नरहेकाले भारतीय सरकारको ध्यानाकर्षण गराएको चन्दले बताए । महाकाली नदीमा झोलुंगे पुल नहुँदा बैतडीको तल्लोसोराडमा आधा भन्दा बढी घाटहरुमा डुंगा मार्फत आवतजावत गर्ने गरिएको…

Read More

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिए । उनले लेखेका छन्, ‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ । अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ । यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु ।’ उनले यो स्टाटस राखेको केही बेरमा गालीको ओइरो लागेपछि उनले अर्को स्टाटस राखेका छन् । उनले अर्को स्टाटसमा विरोध गर्न पाइन्छ भन्द्रै आफ्नै स्टाटसको…

Read More

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले काँग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्य तिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उनको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिए । केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको उनले जानकारी दिए । घाँटीको क्यान्सरबाट पीडित स्व गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो…

Read More

काठमाडौं – नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने ९ सयले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तस्तै, तेजाबी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

राजविराज – सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन्। समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा टिकटक एप बन्द गर्नका लागि आज प्रदर्शन गरेका छन् । टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए। प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अश्लीलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊँ’, ‘टिकटक बन्द सङ्घर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए। नेपालमा टिकटकले सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढ्न थालेपछि टिकटक बन्द सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो।

Read More

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि सुरु भएको छ । आज पुनः ११ बजे राणालाई बयानका लागि बोलाइएको हो ।प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए । उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । बुधबार जबराले…

Read More

पर्वत – जिल्लाको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ। तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ । पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ । पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताए । यसअघि मङ्गलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो । पहिराका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन् । केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ ।

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित भएको छ। पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड अन्य नेतासहित आज सुर्खेत जाने भनिएको थियो। तर पार्टीका उपहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा भने सहभागी हुने जनाइएको छ। आजको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आँकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ। बैठकका लागि १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य, जनबर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई सहभागी हुन सर्कुलर गरिएको थियो। हिजो मात्र नेकपा एकीकृत समाजवादीका समानीत नेता झलनाथ खनाल पुगेका थिए ।

Read More