Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक मङ्गलवार बस्ने बताएका छन्। सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा कुराकानी गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मङ्गलवार बैठकमा बस्न लागेको बताए। ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूको बैठक भोलि बस्दै छ,’ उनले भने। उनले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने पनि बताए। सरकारले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा उनले आजै टुङ्गिने बताएका थिए।

Read More

काठमाडौँ – यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ । एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको हो ।  सो एयरलाइन्सले अकल्पनीय दुर्घटनामा परी दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । दुःखद घडीमा एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासमेत गरेको छ ।

Read More

पोखरा – विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौँबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पुगेका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा.गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा पुगेर शवको परीक्षण थालेका हुन् । दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौँका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौँ पठाउने तयारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमानमा…

Read More

पोखरा – गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने भएको छ । संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार पोखरामा आइतबार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सम्झनामा शोक प्रस्ताव पारित गर्न लागिएको हो । शोक प्रस्ताव पारित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ । उपसभामुखका लागि नेकपा एमालेवाट बाग्लुङकी बिनाकुमार थापा तथा कांग्रेसबाट लम्जुङकी पार्वती तामाङले उम्मेदवारी दर्ता गराएका छन । सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा एमालेको २२, माओवादीको ८ राप्रपाको २ मत छ भने कांग्रेसको २७ मत रहेको छ । उता, एकीकृत समाजवादीको १ मत रहेको प्रदेश सभाले आजै उपसभामुख चयन गर्नेछ । गठबन्धनको मत बढी भएकाले एमालेकी थापा चयन…

Read More

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरूलाई सधैँ पीडितको पक्षमा उभिन निर्देशन दिएका छन् । प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न मन्त्री लामिछानेले सोमबार निर्देशन दिएका हुन् । साथै, प्रहरी संगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरूमा सद्भाव राखेर काम गर्न पनि उनको भनाइ थियो । कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रही काम गर्न समेत मन्त्री लामिछानेले निर्देशन दिएका छन् । गत २८ पुसमा भएको सरुवापश्चात् जिम्मेवारी हेरफेर भएका डिआइजीहरूलाई सोमबार…

Read More

काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरले आज सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । आइतबार पोखरामा भएको यति एयरलाइन्समा दुर्घटनामा परी मृत्यु भएका ३८ वर्षीय अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा.सोना दिवारकसहित १० महिनाको छोरोका निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको हो । आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान उपकुलपति स्तरीय निर्णयले निधन भएकाको सम्झनामा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो। श्रेष्ठ ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए । उनीहरू आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए । ‘दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली साथ परिवार जनप्रति हार्दिक समवेदना…

Read More

पोखरा – पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ । ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ । ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव…

Read More

काठमाडौँ – आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौंमै पोस्टमार्टम गरिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरकाअनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइनेछ । उनका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जादैछ ।  माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’…

Read More

काठमाडौँ – पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव अस्पतालमा पुर्‍याइएको छ। सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्‍याएको प्रमुख जिल्ला अधिकारीले बताए । अस्पतालमै शवको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । परिवारलाई अस्पतालमा बोलाएर सनाखतको काम भइरहेको हो। करिब २ सय जना नेपाली सेना, एक सय बढी सशस्त्र प्रहरी र प्रहरी घटनास्थलमा खटिएका छन्। क्रेन, डोरी लगायतको प्रयोग गरी बेपत्ता रहेका चार जनाको खोजी गरिरहेको छ।

Read More

काठमाडाैं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभयो । आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्षेत्रमा गरेको कामको मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्ष…

Read More