Author: Nisha Shrestha

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको बताउनु भएको छ । इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई सम्बोधन गर्दै उहाँले नेपाल बहुजातीय तथा बहुसांकृतिक मुलुक भएको बताउनुभयो । राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममामात्र विविधता नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गर्र्नुभयो । उहाँले नेपालमा आर्य, मंगोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको बताउँंदै यी सवैलाई मिलाउन सकेमा नेपाली नेपालीबीचको एकता बलियो हुने धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले नेपालीहरुको विश्वका कुना कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीले आफ्नो पहिचान…

Read More

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गरेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा आज सुर्खेतमा आयोजित १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले कर्णाली खेल क्षेत्रको समेत उर्वरभूमि भएको बताए । ‘कर्णालीले गिनिज बुक अफ वल्र्ड रेकर्ड्स नेपालको नाम चिनाउने हरिबहादुर रोकायजस्ता ख्याती प्राप्त म्याराथुन धावक जन्माएको छ’, उनले भने, ‘उनको प्रेरणाले पछिल्लो समयमा खेल क्षेत्रमा प्रगति भइरहेको छ ।’ दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने गरी प्रदेश सरकारले गौरवको आयोजना रङ्गशाला निर्माणको कार्यलाई तदरुकताका साथ अगाडि बढाएको मुख्यमन्त्री शर्माले बताए । ‘कर्णाली दौडिन्छ’ भन्ने मूल नारा…

Read More

कैलाली – सरकारले नमुना विद्यालय घोषणा गरेको कैलालीको एउटा विद्यालय अगाडि फोहरको थुप्रो लागेको छ । अत्तरिया बजार नजिकै रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय अगाडि फोहरको थुप्रो फालिएकोे हो । स्थानीयवासी एवम् व्यापारीले उक्त क्षेत्रलाई फोहर फाल्ने डम्पिङ साइड बनाउँदै आएका छन् । पहाडरोड बसपार्क नजिकै रहेको उक्त विद्यालयको आधारभूत तहको भवन अगाडि खाली रहेको क्षेत्रमा व्यापारी एवम् स्थानीयवासीले फोहर फाल्ने गरेकाले उक्त क्षेत्रमा फोहर थुप्रिएको हो । व्यापारी र स्थानीयबासिन्दाका साथै पहाडी जिल्लामा जाने सवारी साधनबाट आवतजावत गर्नेहरूलेसमेत सोही क्षेत्रमा फोहर फाल्ने गरेकाले विद्यार्थीलाई असर पर्न नदिन पटक–पटक आवाज उठाइए पनि सुनुवाइ हुन नसकेको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताउनुभयो…

Read More

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–६, धुलिगडामा आठ वर्ष लगाएर मोटरेबल पुल निर्माण भएको छ। सो पुलमा भार परीक्षण (लोड टेस्ट) गरेर ट्रक र बसलगायतका सवारीसाधन आवतजावत गर्न अनुमति प्राप्त भएको गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले बताउनुभयो। धुलिगडा पुल सञ्चालनमा आएसँगै नौगाड गाउँपालिकाको खेडासम्म नियमित रूपमा बस सेवा सञ्चालन हुनुका साथै सामान ढुवानीमा सजिलो भएको छ। यहाँको कपडे भीर, सौकेबगड भीर, गोगनेनजिक पहिरो गएको स्थानमा पक्की वाल लगाउने काम भइरहेकाले आउँदो असारसम्ममा होपरीगाड–गोगनेसम्म बस सेवा र ट्रक सञ्चालनमा आउने उहाँले बताउनुभयो। ठेकेदारको लापरबाहीका कारण विगतमा पटकपटक म्याद थप गर्दासमेत पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको थियो। पुल समयमा नै निर्माण गर्न दबाब…

Read More

काठमाडौँ – नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ भाउ निर्धारण भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको थियो । महासंघका अनुसार आइतबार…

Read More

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर) लाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेश बमोजिम विसं २०८० का लागि हालसम्म ८०४ वटा भित्तेपात्रोले स्वीकृति पाएको र अहिले पनि केही भित्तेपात्रो प्रकाशन गर्ने संस्था स्वीकृति लिने क्रममा रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । सरकारले जारी गरेको समितिको गठन आदेश विसं २०७८ असार महिनामा नेपाल राजपत्रमा प्रकाशन भएको र सो बमोजिम विसं २०७९ देखि समितिसँग स्वीकृति लिएर भित्तेपात्रो प्रकाशन हुन थालेको हो । गत…

Read More

काठमाडौँ – सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताको बैठक स्थगित भएको छ । आज बिहान ९ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको हो । सभामुख घिमिरेले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बोलाएका थिए । बैठकका लागि एमाले सचेतक महेश बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल भने बालकोट पुगेका जनाईएको छ । गएको शुक्रबार बोलाइएको बैठक पनि स्थगित भएको थियो ।

Read More

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । आज (आइतबार) गत चैत २८ र २९ गते काठमाडौँमा सम्पन्न अधिवेशनबाट निर्वाचित महासङ्घका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार ढकाल अध्यक्ष बनेका थिए ।

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ । सङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । गतको बिहीबार एकै दिन ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणदर बढेसँगै ‘एक्टिभ केश’ (सक्रिय बिरामी) पनि बढेका छन् । हाल कैलालीमा २२ र कञ्चनपुरमा एक सक्रिय बिरामी छन् । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।…

Read More

काठमाडौँ – प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ । यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल एक कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । यता, १३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Read More