काठमाडौँ – सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताको बैठक स्थगित भएको छ ।
आज बिहान ९ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको हो ।
सभामुख घिमिरेले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बोलाएका थिए ।
बैठकका लागि एमाले सचेतक महेश बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल भने बालकोट पुगेका जनाईएको छ ।
गएको शुक्रबार बोलाइएको बैठक पनि स्थगित भएको थियो ।
Facebook Comments Box