Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। शनिबार सिंहदरवारमा मध्यान्ह १२ बजेदेखि छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले बताए । समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भइरहेको बताइएको छ।

Read More

सियोल– मेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ(१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९स्३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो। युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो। दुर्भाग्यपूर्ण लडाई विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए। लडाकु विमानको अधिकांश भाग जलेको छ। घटनास्थल नजिक कुनै घर लगायत अन्य संरचना नभएकाले अरु कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् ।

Read More

काठमाडौँ – पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो चरित्रहत्या भएको उल्लेख गर्दै ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै खाँणले भनेका छन्,‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’ नक्कली शरणार्थी प्रकरणमा खाँणको नाम समेत तानिएको बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको छ ।

Read More

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् । शनिबार बिहान काठमाडौँको वनस्थलीमा रहेको मानव सेवा आश्रममा पुगेका गृहमन्त्रीसमेत रहेका श्रेष्ठले त्यसलाई निरन्तरता दिन र अझ उचाइमा पुर्‍याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने बताएका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग प्रधानमन्त्रीको भेट आजभोलि नै गराउने पनि बताएका छन् । उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मसात् गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा सञ्चालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे । मानवीय सेवा महान् सेवा भएको भन्दै उपप्रधानमन्त्री…

Read More

काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल हुने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। गठबन्धन दलहरू जेठ १५ गते बजेट आउनुअघि सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको प्राथमिकताबारे छलफलमा केन्द्रित भएका हुन्। केही दिनअघि गठबन्धनको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रारम्भिक छलफल गरेको थियो। संघीय संसद्को बजेट अधिवेशन भोलि सुरु हुँदै छ।

Read More

धनगढी – स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ५ स्टार सिटी र वडा नम्बर १३ भिड्ने भएका छन् । शनिवार (आज) बेलुका ६:४५ बजे हुने फाइनल खेलमा दुवै टोली भिड्ने भएका हुन । आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ को (बि) टिमलाई ३ गोलको अन्तरले पराजित गर्दै वडा नम्बर ५ स्टार सिटी फाइनल प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेल वडा नम्बर १ नैनादेबिलाई ३ गोलको अन्तरले पराजित गर्दै वडा नम्बर १३ फाइनल प्रवेश गरेको हो । टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगितालाई स्वस्तिक कार्डियो एन्ड…

Read More

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत पर्ने बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाड्ने काम भइरहेको छ । बाघले मान्छे मारेको बेलौरी नगरपालिका–८ पचुईंस्थित खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्रको झाडी फाडिएको हो । बाघ आक्रमणको घटनापछि यहाँका स्थानीय त्रसित छन् । नगरपालिकासँग समन्वय गरेर बाघ लुक्न सक्ने भएकाले पचुईं क्षेत्रको झाडी फाँड्ने कार्य भइरहेको बेलौरी–८ का अध्यक्ष बिसराम रानाले जानकारी दिनुभयो । “झाडीमा औषधि छर्केका छौँ, बिस्तारै झाडी सुक्दै गएको छ”, उहाँले भन्नुभयो, “झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गरिरहेको हो ।” झाडी फडान भएपछि खप्टीनाला क्षेत्र खुल्ला हुनेछ । स्थानीय घरबाहिर निस्किन डराइरहेका छन् । “झाडी फडान भएपछि…

Read More

काठमाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडासँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिनुभएको हो । शुक्रबार भएको छलफलमा पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सुझाव दिनुभएको छ । त्यस्तै अहिलेको अर्थतन्त्र सुधारका लागि वित्त नीति कसिलो र मौद्रिक नीति केही खुकुलो बनाउनुपर्ने सुझाव पूर्वअर्थमन्त्रीहरूले दिनुभएको छ । निजी क्षेत्रलगायत सबैतिर निराशाको अवस्था रहेकाले तत्कालको प्रयास आत्मविश्सास जगाउनु रहेको सुझाव पनि उहाँहरूबाट आएको…

Read More

काठमाडौँ – नेपाली बजारमा एक हप्तामा २७०० रुपैयाँले सुनको मूल्य बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा २७ सय रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । यो साता बुधबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले र बिहीबार पुनः १२ सय रुपैयाँले उकालो लागेको थियो । यस्तै, यो साता चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले उकालो लागेको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टी कसैलाई जोगाउन नलाग्ने स्पष्ट पारेका छन् । ‘नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसले पूर्ण सहयोग गर्छ । यसमा तेरो वा मेरो भन्ने कुरा छैन । संविधान र कानुनको परिधिमा टेकेर जोसुकैलाई कारबाही प्रक्रिया अगाडि बढाउन खुट्टा कमाउनु हुँदैन । हामी केपी ओलीलजस्तो खुलेआम भ्रष्टाचारी जोगाउन लाग्दैनौं । चाहे त्यो गृहमन्त्री होस् वा गृहमन्त्रीभन्दा माथिको मान्छे होस् । कसैलाई पनि छाड्नुहुन्न । शरणार्थी पनि नक्कली बनाउने यार ! ’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रममा खतिवडाले भने । एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी प्रहरी महानिरीक्षक र…

Read More