Author: Nisha Shrestha

काठमाडौँ- स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । एमालेले यी दुबै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ १ मा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग गरेको थियो । यही बीचमा कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर बाजुरा र स्याङ्जा २ मा तत्काल मतगणना गर्न माग गरेको थियो । एमाले र कांग्रेसको अलग अलग मागपछि आयोग कुनै…

Read More

काठमाडौँ- चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ शताब्दीमा चीनलाई परिवर्तनकारी युगमा डोर्‍याउने पूर्व नेता जियाङ जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको छ । उनलाई ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । उनले तियानमेन स्क्वायर दमनपछि सत्ता हातमा लिएका थिए । जियाङले चीनलाई विश्वव्यापी मञ्चमा एक शक्तिशाली मुलुकको दर्जामा उभ्याउन नेतृत्व गरेको जस दिने गरिन्छ ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले पुनः मतदानको माग गर्दै मतगणना अबरुद्ध भएका बाजुरामा मतगणना सुचारु गर्ने निर्णय गरेको छ। बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले बाजुरा र स्याङ्जा २ मा मतगणना सुचारु गर्ने निर्णय गरेको हो। स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आयोग पदाधिकारीबीच भएको छलफलले मतगणना गर्ने निष्कर्ष निकालेको बताइएको छ। आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा विवाद भएको थियो। ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि मंसिर ४ गते भएको चुनावको मत गणना सुरु समेत हुन…

Read More

महेन्द्रनगर – यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । मधेश प्रदेशले सुदूरपश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । सुदूरपश्चिमको जितमा दीपक बोहोराले सर्वाधिक ५३ रनको अर्धशतकीय ईनिङ खेले । त्यस्तै अर्का खेलाडी दीपक बोहोराले २४ रन जोड्दा गजेन्द्र बोहोराले २३ रन जोडे । मधेशका लागि अविशेक तिवारीले दुई विकेट लिए भने साइमन रोयले एक विकेट लिए…

Read More

एजेन्सी – विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ भारतको एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए । आग्रा, इत्हा, मनिपुरीलगायत १८ वटा अग्निसमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए । आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आदित्यनाथसहितको उच्च अधिकारीको टोली राति नै घटनास्थलमा पुगेर वस्तुस्थिति बुझ्नका साथै त्यसले सम्बद्ध निकाय तथा पदाधिकारीलाई तत्काल राहतका कार्य थाल्न…

Read More

चितवन – भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ । महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य संरचना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध…

Read More

काठमाडौं – माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ । त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता…

Read More

धनगढी – मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनबाट महिला उम्मेदवार निर्वाचित हुन नसक्दा राजनीतिक दललाई समानुपातिकमा महिला छान्नु पर्ने बाध्यता भएको छ । समानुपातिकमा ३३ प्रतिशत महिला छान्नै पर्ने संवैधानिक बाध्यताका कारण समानुपातिक कोटाबाट संसदमा छिर्ने सपना बुनेका पुरुष आकांक्षीलाई भने सकस हुने देखिएको छ । प्रदेशमा समानुपातिक कोटाबाट २१ जना प्रदेशसभा सदस्य छनौट हुने छन् । संवैधानिक व्यवस्थाअनुसार महिलालाई ३३ प्रतिशत कोटा निर्धारण गर्दा १७ जना महिलानै छनौट गर्नुपर्ने छ । सुदुरपश्चिम प्रदेशसभामा कुनै पनि दलबाट एक जना पनि महिला पनि निर्वाचित नभएपछि महिलाको कोटा पूरा गर्नु दलका लागि बाध्यकारी हुनेछ । सुदुरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन्…

Read More

काठमाडौँ – अर्काको नाममा सवारी चालक अनुमति पत्र दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको दक्षिणढोकास्थित परीक्षा केन्द्रबाट धनुषाको जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आरोपी बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन परीक्षा केन्द्रमा गएका हुन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा बुझाएको बताइएको छ ।

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाविरुद्ध काठमाडौँका सुकुम्वासीले राष्ट्रिय सभागृहमा आन्दोलन गरेका छन् । विकल्प बिना नै महानगरले उठिबास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । सोमबार महानगरको नगर प्रहरी टोली थापाथलीस्थित प्रसूति गृह पछाडिको सुकुम्वासी बस्तीमा डोजरसहित पुगेको थियो । नगर प्रहरीमाथि ढुंगामुडा प्रहार हुँदा डोजर चल्न सकेन । झडपमा ३६ जना नगर प्रहरी घाइते भए । सुकुम्वासीले मङ्गलवार बागदरबारस्थित महानगर कार्यालय घेराउ गरेका थिए । केही सुकुम्वासी माइतीघरमा अनसन बसेका छन् ।

Read More